जुम्ला – विद्यालयको ढलान पक्की भवन निर्माण भएको छ । तर ढलान छतमाथि फाटा (पुराना) जस्ता पाताले छापिएको छ । यो विषय तिला गाउँपालिका – ८ जुम्लाकोट गाउँस्थित देउराली माध्यामिक विद्यालयको हो ।
१२ कक्षासम्म अध्ययपन हुने देउराली माविमा पाँच सय विद्यार्थीको संख्या रहेको छ । कक्षा कोठा अभाव भएपछि विद्यालयले भवन निर्माणका लागि तिला गाउँपालिकालाई माग गरेको हो । गाउँपालिकाले निर्णय गरेर शिक्षा विकास तथा समन्वय इकाई जुम्ला हुँदै शिक्षा विकास तथा मानव संशोधन केन्द्रमा भवन निर्माण लागि माग पुगेको हो । आर्थिक वर्ष ०७७÷०७८ राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अर्तगत तिला गाउँपालिकामा १८ लाख बजेट आएर उक्त भवन निर्माण भएको हो ।
पक्की ढलान भवनको छतमाथि फाटा (पुराना) जस्ता पाता छापिएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत १८ लाख बजेटमा निर्माण भएको दुई कोठे पक्की भवन निमार्ण भएकै वर्षको बर्षा समयमा पानी परेपछि चुइन थालेपछि फाटा जस्ता पाताले छापिएको हो । गुणस्तरहिन विद्यालयको भौतिक संरचना निर्माणको समस्याले ढलान छतबाट पानी चुइने भएको देखिन्छ । एकातिर कक्षा कोठा अभाव, अर्काेतिर लाखौँ बजेट खर्चेर निर्माण गरिएका भौतिक संरचना गुणस्तरहीन भएर चुइने भएपछि विद्यार्थी र शिक्षकलाई समस्या भएको छ । विद्यालयका नयाँ भवन बन्ने क्रममा पुराना जीर्ण भवन भत्काएको बेलाका पुराना जस्ता पाताले चुइने भवन छाईएको हो । अर्काे दुई तले ८ कोठे भवनमा पनि ढलानबाट चुइने समस्या छ । चुइने ठाउँमा ठेकेदारले मर्मत गर्ने भन्ने कुरा सुनिएको हो । तर अहिलेसम्म पनि मर्मत सम्भारको काम भएको छैन ।

गुणस्तरीय भवन निर्माण नभएका कारणले छतको ढलानबाट पानी चुइने भएको हो । चुइने समस्याका विषयमा धेरै पटक गाउँपालिकाको बैठकमा पनि कुरा राखिएको तर सुनुवाई भएन । कक्षाकोठ, कार्यालय कोठा अभावको समस्याले जस्ता पाताले टालटुल गरेरै भएपनि काम चलाउ गरी भवन प्रयोगमा ल्याएका छौँ । त्यतिबेला भौतिक संरचना निर्माण सम्पन्न भएको विद्यालयबाट सिफारिस नलिएरै भुक्तानी भई हाल्यो । निर्माण पछि भवन विद्यालयलाई हस्तान्तरण पनि भएन ।
तिला गाउँपालिका प्राविधिक शाखा प्रमुख धनप्रसाद चौलागाईका अनुसार त्यो राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम विद्यालयको भवन बनेको हो । त्यतिबेला चिसोले हो की के हो । चुइने भएको रहेछ । कम्पिलेन पहिला पनि आएको थियो । उनले भने, अर्काेको दुई तले आठ कोठे भवनामा भने त्यस्तो चुईने समस्या छैन । छतमा टेकालगायत निर्माण सामाग्री राखेको हुनाले होला । त्यो हटाउन लगाएको थिए । त्यो भवनमा केही समस्या आएपछि मर्मत गर्नुपर्छ भनेर ठेकेदारको धरौटी फिर्ता पनि गरिएको छैन । दुई वर्षमा डेढ करोड बजेट हो । ठेक्काको घटिघटाउमा भवन निर्माण भएको हो ।
तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले भनिन् निर्माण भएका दुई वटै भवन चुइने भएका छन् । दुई तले ८ कोठे भवन हालसालै निर्माण निर्माण भएको हो । ठेक्कामा निर्माण हुने भौतिक संरचना अनुगमनको जिम्मेवारी दिएको छैन । अर्काे कामको अनुगमनको क्रममा जुम्लाकोट विद्यालय पुग्दा चुइने समस्या देखिएको थियो । यसमा प्राविधिक कर्मचारीले बढी ख्याल गर्नुपर्ने हो । तर त्यसो देखिएन । यसमा ठेकेदार, विव्यस, शिक्षक स्थानीय पनि उत्तिकै जिम्मेवार हुनु पर्ने देखिन्छ । काम गर्ने क्रममा सवै सरोकारवालाले ध्यान नदिदा समस्या देखियो । मर्मतका लागि बजेट विनियोजन भएको छ । अब काम गर्ने तयारी गरिएको छ । अर्काेको दुई कोठे भवन भने हामी आउनु भन्दा पहिले नै निर्माण भएको हो ।



