जुम्ला । नेकपा एमाले कर्णाली प्रदेशका ईन्चार्ज गाेरख बहादुर बाेगटीले गणतन्त्रकाे विकल्पमा राजसंस्था हुन नसक्ने बताएका छन् । राजावादीहरुले राजा सहितकाे राजसंस्थाकाे आवाज उठाउँदै संविधान विराेधी गतिविधि गरिरहेकाेले त्यसकाे कुनै ओैचित्य नहुने उल्लेख गरे ।
ईन्चार्ज बाेगटीले भने,’करिब दुईसय पचास बर्षसम्म नेपाली जनताले तत्कालीन निरंकुशतन्त्रबाट भाेग्नु परेकाे सास्तीलाई नेपाली जनताले यति सहजै भुल्नेवाला छैनन । मानव सागररुपी संयुक्त जनआन्दोलनको बलबाट बडारेर अन्त्य भएकाे राजतन्त्र फेरि फर्केर आउँछ भनेर कोही कसैले दिवा सपना नदेखे हुन्छ ।’
गणतन्त्रको विकल्प राजतन्त्र हुनैसक्दैन भन्ने ध्रुवसत्य तथ्यलाई विश्वास गर्नुपर्ने उनकाे जाेड छ । गणतन्त्रको रक्षा गर्न र यसलाई थप सुदृढ बनाउन परिवर्तनकामी शक्तिहरु एकजुट भएर शशक्त ढंगले लाग्नुपर्ने नेता बाेगटीकाे तर्क छ ।



