
जुम्ला । जिल्ला प्रहरी कार्यालय जुम्लाकाे परिसरमा वृक्षाराेपण गरिएकाे छ । कार्यालयकाे सुन्दरता बढाउन तथा फलफूलका बिरुवा राेपिएकाे हाे ।
प्रमुख जिल्ला अधिकारी राम बहादुर शाहीले सबै कार्यालयहरुले खाली ठाउँमा वृक्षाराेपण गर्नु पर्ने बताए । जिल्ला प्रहरी कार्यायले शान्ति सुरक्षासंगै किसानलाई प्रेरणा दिने गरि वृक्षाराेपण गरेकाेमा धन्यबाद दिए।
डिएसपी छेदिलाल कामतीले आफ्नै कार्यालय भित्र स्याउ खान पाईने अबस्था सृजना तथा कार्यालयकाे सुन्दरता बढाउन फलफूलका बिरुवा राेपिएकाे बताए ।
उनले भने,’प्रहरी कार्यालयमा पिडित बढी आउछन् । पिडितलाई आनन्द अनुभूति दिलाउनका लागि वृक्षाराेपणकाे आबश्यक छ । कार्यालयमै स्याउ खानेगरी बिरुवा रेखदेख गर्छाै ।’
जिल्ला प्रहरी कार्यालय र एयरपार्टमा प्रहरीले वृक्षाराेपण गरेकाे छ ।वृक्षाराेपणमा राष्टि्य अनुसन्धान केन्द्र जुम्लाका प्रमुख रमेश अधिकारी,नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष पूर्ण प्रसाद चाैलागाँई लगायत सहभागी थिए ।