जुम्ला । नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट विद्यार्थी संगठन ‘अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जुम्लाले आफ्ना उम्मेद्वार टुङ्ग्याएकाे छ । आगामी चैत ५ मा हुने स्ववियु निर्वाचनका लागि अनेरा स्ववियूल आफ्ना उम्मेदवारहरूको घोषणा गरेको हाे ।
अनेरास्ववियु जुम्लाका अध्यक्ष रतननाथ योगीका अनुसार स्ववियू अध्यक्षकाे उम्मेदवारमा लोकेन्द्र बुढालाई बनाईएकाे छ ।
त्यस्तै, सचिव पदमा नवराज भण्डारी र कोषाध्यक्ष पदमा बिन बहादुर रावतलाई उम्मेदवारको बनाईएकाे छ ।
प्रकाशित मिति : २०८१ फाल्गुन २८ गते मङ्गलवार



