
जुम्ला । नेपाल राष्टि्य शिक्षक संगठन जुम्लाकाे अध्यक्षमा भिम बहादुर थापा निर्वाचित भएका छन् । शनिवार सम्पन्न १३ ओै जिल्ला सम्मेलन बाट भीम बहादुर थापाकाे अध्यक्षतामा नेपाल राष्ट्रिय शिक्षक संगठन जुम्लाकाे नयाँ नेतृत्व चयन गरिएकाे हाे ।
सम्मेलनले सर्वसम्मत रुपमा संगठनकाे अध्यक्षकाे जिम्मेवारी भीम बहादुर थापालाई सुम्पीएकाे छ ।
त्यस्तै संगठनकाे उपाध्यक्षमा देवेन्द्र शाही,महिला उपाध्यक्षमा विष्णुमाया महत (रावल) ,सचिवमा कर्ण बहादुर शाही,सह-सचिवमा तारा राेकाया खत्री र काेषाध्यक्षमा टेक बहादुर खत्री निर्वाचित भएका छन् । १२ सदस्यीय नेपाल शिक्षक संगठनकाे नयाँ कार्यसमिति चयन भएकाे छ ।
प्रकाशित मिति : २०८१ चैत्र ३ गते आइतवार