जातीय छुवाछुत विरुद्ध सबै दल एकजुट हुन आबश्यक: एमाले नेता गाैतम

जुम्ला । नेपाल उत्पीडित जातीय मुक्ति समाजका ईन्चार्ज एमाले नेता जितु गाैतमले जातीय छुवाछुत विरुद्ध सबै राजनीतिक दलहरु एकजुट हुनु पर्ने बताएका छन् । नेकपा एमाले पाेलिटव्युराे सदस्य तथा पूर्व मन्त्री समेत रहेका गाैतमले समाज जातका आधारमा गरिने विभेद कायमै रहेकाेले सभ्य तथा सुसस्कृत समाज निर्माणका लागि सबै राजनीतिक दल एकजुट हुनु पर्ने बताएका हुन् ।

एमालेले थालेकाे वडा केन्द्रित तीन महिने अभियान तथा अन्य राजनीतिक कार्यक्रमका लागि जुम्ला पुगेका गाैतमले आईतबार प्रेस चाैतारी नेपालले गरेकाे पत्रकार सम्मेलनमा उत्पीडित समुदायकाे उत्थान तथा पुर्नस्थापनाका लागि एमाले पार्टी अग्रपक्तीमा रहेकाे उल्लेख गरे ।

उनले भने,’नेपाली काँग्रेस,नेकपा माओवादी केन्द्र लगायतका सबै दलहरु जातिय विभेद विरुद्दमा छन भन्नेमा विश्वस्त छाै । तथापी संविधानकाे मर्म र भावना अनुसार समाजलाई सुदृढीकरण गर्नका लागि जातियका सवालमा एकै ठाउँ उभिनुकाे विकल्प छैन् । ‘

जातिय छुवाछुतका पिडितलाई न्याय दिन र पिडकलाई कानुनी दायरामा ल्याउन राजनीतिक दलहरुकाे मुख्य भुमिका रहन्छ । त्यसैले दलका सबै घाेषणा पत्र तथा पार्टीका मुख्य ऐजेण्डा जातिय छुवाछुत हुनु पर्ने उल्लेख गरे ।

‘सुस्कृत समाज निर्माणका लागि समाज रहेका विभिन्न विकृती विसंगती अन्त्य गर्न आबश्यक छ । जातका आधारमा गरिने कुनै पनि विभेद विरुद्द दलहरु एउटै माेर्चामा आउनु पर्छ । नेकपा एमाले सधै दलित,उत्पीडित समुदायकाे न्याय पुर्नस्थापनाका सवालमा केन्द्रित छ ।’ उनले भने ।

साथै केपी ओली नेतृत्वकाे वर्तमान सरकारले देशकाे आर्थिक सुशासन तथा विकास निर्माणका लागि उल्लेखीय काम गरेकाे दाबी गरे ।

एमाले नेता जितु गाैतमले पत्रकार सम्मेलनमा राजाबादी सक्रिय भएकाे र यसमा एमालेकाे धारणा के छ भन्ने प्रश्नमा भने कडा टिप्पणी गरेका छन् ।

उनले भनेका छन्,’संघिय लाेकतान्त्रीक गणतन्त्रात्मक व्यवस्थाकाे उपभाेग गरि सांसद चुनिएका ज्ञानेन्द्र शाही जनप्रतिनिधि हुन लायक छैन् । उनी डलर कसरी कमाउने भन्नेमा केन्द्रित छन् । जुम्लाकाे विकास निर्माणमा उनकाे ध्यानै छैन् ।’

मसानघाट पुगिसकेकाे राजसंस्थालाइ फर्काउन्छु भन्नू दिवा सपना मात्रै हाे। लाेकतन्त्र गणतन्त्र विरुद्ध बाेल्ने राजाबादी बिरुद्द गणतन्त्रबादीहरु एकै ठाउँ आउनु पर्ने उनकाे भनाई छ ।

समृद्द नेपाल,खुसी नेपालीकाे राष्टि्य आकांक्षा पूरा गर्न नेकपा एमाले नेतृत्वकै सरकार पुर्ण प्रतिबद्द रहेकाे दाबी गरे ।

प्रकाशित मिति : २०८१ चैत्र ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस