
जुम्ला । जुम्ला बहुमुखी क्याम्पस जुम्लामा हुने स्वतन्त्र विद्यार्थी यूनियन स्ववियू निर्वाचनकाे सम्पूर्ण तयारी पूरा भएकाे छ । चैत ५ गते देशभरका सम्पूर्ण आंगिक क्याम्पससंगै जुम्ला बहुमुखी क्याम्पसमा हुने स्ववियू निर्वाचनकाे सम्पूर्ण तयारी पूरा भएकाे हाे ।
जुम्ला बहुमुखी क्याम्पस जुम्लाकाे निर्वाचन समितिले आईतबार पत्रकार सम्मेलन मार्फत त्रिभुवन विश्वविद्यालयले ताेकेका मापदण्डनुसार निर्वाचनकाे सबै तयारी पूरा भएकाे निर्वाचन अधिकृत पदम बहादुर शाहीले बताए ।
उनका अनुसार चैत ५ गते विहान ८ बजे सुरु भई ४ बजे सम्म मतदान दान सुरु हुने छन् । फागुन १९ गतेदेखी निर्वाचन प्रक्रिया सुरु भएकाे थियाे ।
कूल मतदाता संख्या ३३४ रहेका छन् । यदपी क्याम्पसमा भर्ना विद्यार्थी संख्या ५८७ रहेकाे छ । तर मताधिकार भने ३३४ जनाले पाउने निर्वाचन समितिले जनाएकाे छ ।
निर्वाचन अधिकृत शाहीका अनुसार स्ववियू निर्वाचनमा जुम्लाका पाँच वटा विद्यार्थी संगठन सहभागी छन् । जसमा अनेरास्वियू, अनेरास्ववीयू (समाजबादी),नेपाल विद्यार्थी संघ र अखिल (क्रान्तिकारी) विद्यार्थी संगठन र नेपाल क्रान्तिकारी विद्यार्थी संगठन निर्वाचनमा सहभागी भएका छन् ।
मतदान तथा,मतगणनाकाे सूचना पुवाहलाई प्रभावकारी बनाईने बताईएकाे छ । अध्यक्ष पदका लागि चार जना,सचिव पदका लागि पाँच जना,काेषाध्यक्ष पदका लागि तीन जना र ५ जना सदस्यका लागि १५ जना गरि कूल ८ वटा पदका लागि २७ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएकाे निर्वाचन समितिले जानकारी दिएकाे छ ।
शान्त,तथा भयरहित वातारणमा मतदान हुने गरी निर्वाचनकाे सबै सुरक्षा व्यवस्था मजबुद बनाईएकाे जुम्ला बहुमुखी क्याम्पसका प्रमुख प्रकाश चन्द्र खत्रीले बताए ।