राकममा ५० शैयाकाे स्याटालाइट अस्पताल सञ्चालन कार्ययोजना स्वीकृत

काठमान्डाै । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको ११ औँ सिनेट बैठकले दैलेखको राकम कर्णालीमा ५० शैया अस्पताल संचालन कार्ययाेजना स्वीकृत गरेकाे छ ।

आठबीसकोट नगरपालिकाकाे राकम कर्णाली स्थित ५० श्यैयाको स्याटालाइट अस्पताल सञ्चालनको कार्ययोजना स्वीकृत गरेकाे हाे ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आइतबार बसेको प्रतिष्ठानकाे ११ औँ बैठकले उक्त स्थानमा विगतमा १५ श्यैयाको अस्पताल रहेकामा त्यसलाई स्तरोन्नति गर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न आवश्यक प्रक्रिया अघि बढाउने कार्ययोजना अनुमोदन गरेको हो ।

उक्त अस्पतालको पूर्वाधार, जनशक्ति व्यवस्थापन र स्रोत सुनिश्चितताका लागि प्रतिष्ठानले नेपाल सरकार र अन्य पक्षसँग प्रस्ताव गर्ने भएकाे छ ।

बैठकमा प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीले कार्ययोजनाबारे सम्बन्धित स्थानीय तहसँग आवश्यक परामर्श र सहकार्य गरेर तीव्ररुपमा काम अघि बढाउन निर्देशन दिए । साथै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य सेवा प्रवाहका क्षेत्रमा कामकाे प्रशंसा गरे ।

११ औ बैठकबाट विभिन्न आठ वटा निर्णय अनुमाेदन गरिएकाे छ ।

प्रकाशित मिति : २०८१ चैत्र १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस