जुम्ला । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले लाेकतन्त्रकाे विकल्प राजसंस्था हुन नसक्ने बताएका छन् । सिंजाकाे नराकाेट नापी र मालपाेत कार्यालय उद्घाटन गर्न जुम्लाकाे सिंजामा पुगेका मन्त्री अधिकारीले अन्त्य भईसकेकाे राजसंस्था कुनै पनि हालतमा नफर्किने उल्लेख गरे ।
सिंजाकाे नराकाेटमा नेपाल पत्रकार महासंघ जुम्लाद्वारा आयाेजित पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले भने,’संघियताकाे उपहार स्वरुप सिंजाले नापी र मालपाेत पाएकाे छ । यसमा सिंजा गाउँपालिका अध्यक्ष सहित सबैकाे उतिकै भूमिका छ । लामाे प्रयास र पहलपछि सिंजाबासीकाे समस्यालाई मध्यनजर गरि नापी मालपाेत स्थापनाकाे निर्णय गरेका हाै । प्रभावकारी सेवा प्रवाहका लागि तीनै पालिकाले सहयाेग गर्नु पर्ने छ । कर्मचारी व्यवस्थापनदेखि थप पूर्वाधार निर्माणमा मन्त्रालयले साथ दिने छ ।’
लामाे प्रयासपछि नापी मालपाेत स्थापना गरि उद्घाटन गर्न सफल भयाै ।अब निरन्तर रुपमा सेवा पाउने गरि काम अघि बढाउन अनुराेध गर्नु छ । आबश्यक सहयाेगका लागि मन्त्री अधिकारीले उल्लेख गरे।
पत्रकार सम्मेलनकै अबसरमा पूर्वराजाबादीलाई लक्षित गरि मन्त्री अधिकारीले सम्पूर्ण रुपमा अन्त्य भईसकेकाे राजतन्त्र फर्काउने दिवा सपना नदेख्न र हिक्मत भएर बहुमत ल्याएर संविधान संशाेधन गर्न चुनाैती दिएका छन् ।
जुम्ली जनताले व्यवस्था विराेधी व्यक्तिलाई चुनाव जिताएर ठुलाे भूल गरेकाे बताए । देशकाे नेतृत्व गर्छु भनेर जनताकाे भाेट मागेर निर्वाचित भएका जुम्लाका माननीय जिल्लाकाे विकास भन्दा राजसंस्था फर्काउन बेस्थ रहेकाे समेत उल्लेख गरे । संघिय लाेकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाकाे उपभाेग गरि निर्वाचित हुने र त्यहि व्यवस्था विरुद्द बाेल्ने नैतिक अधिकार काेही कसैलाई नभएकाे उल्लेख गरे ।
व्यवस्था विराेधी गतिविधि विरुद्ध गणतन्त्रबादी शक्तिहरु एकै ठाउँमा आउनु पर्ने बेला आएकाे छ । देशमा लामाे संघर्ष र आन्दाेलनबाट स्थापित व्यवस्थाकाे उल्ट्याउन पूर्वराजाबादीहरु सक्रिय भएपनि राजसंस्था फर्काउने दिवा सपना नदेख्न समेत मन्त्री अधिकारीले चुनाैती दिएका छन् ।
लाेकतन्त्र र गणतन्त्रकाे विकल्प राजसंसथा हुनै सक्दैन । पूर्वराजाकाे उक्साटमा राजा फर्काउने नाममा चैत १५ गते भएकाे तीन कुने घटनाकाे सबै जिम्मा पूर्वराजा ज्ञानेन्द्र शाहले लिनु पर्ने बताए ।
राजससंस्था हुँदा भएकाे विकास र गणतन्त्रमा भएकाे सडक पूर्वाधार विकास,संचार खानेपानी पर्यटन,खानेपानी,सिँचाई लगायतकाे विकासकाे तुलना गर्दा जनता राजसंस्था स्वीकार्ने गर्ने स्थितीमा नरहेकाे भन्दै यश विषयमा जनतालाई बढी भन्दा बढी सचेत बनाउनु पर्नेमा जाेड दिए ।
गणतन्त्रले देशमा ल्याएकाे आमूल परिवर्तन लाई जनताले नभुलेकाे र खुसी नेपाली,समृद्ध नेपालकाे राष्टि्य आकांक्षा पूरा गर्न गणतन्त्रबादी एकै ठाउँमा आउन समेत मन्त्री अधिकारी आग्रह गरे ।



