पेश नेपाल जुम्लाकाे बाेलपत्र आह्वानबारे सूचना

आपुर्तिकर्ता, सेवादाता तथा सप्लार्यसहरूको लागि बोलपत्र आह्वान

प्रकाशन मिति: २०८१ चैत्र २६

साझेदारी सहयोग केन्द्र पेस नेपाल जुम्ला एक गैर मुनाफामुलक गैर सरकारी संस्था हो । यसको स्थापना २०६३ सालमा भएको हो । पेस नेपाल जिल्ला प्रशासन कार्यालय जुम्लामा २०६३ साल वैसाख २७ दर्ता भई समाज कल्याण परिषद (SWC) आवद्धता गरी कार्य सञ्चालन गरिरहेको छ । पेस नेपाल जुम्लाको मुख्य कार्यालय नेपालको कर्णाली प्रदेशको जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका वडा नं. ६ अवस्थित रहेको छ । विगत १८ वर्ष देखी  जलवायु  परिर्वतन अनुकुलन, खाद्य सुरक्षा, गुणस्तरीय शिक्षा, समुदायको क्षमता अभिवृद्धि गराई गरिबी न्यूनिकरण, दिगो सामुदायिक विकास, सामाजिक समावेशिकरण, द्धन्द्ध व्यवस्थापन,  मानवअधिकार प्रवर्द्धन, वातावरण संरक्षण, संस्थागत विकास, शु–सासन सवलीकरण क्षेत्रमा नेपालको कर्णाली प्रदेशका ४ वटा जिल्लाहरूका कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ ।

जुम्ला जिल्लाको हिमा, सिंजा र कनकासुन्दरी गाउपालिकामा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित आधार परियोजना अन्तरगत विद्यालयमा कक्षा कोठको पढाई वातावरण सुधारका लागी आवश्यक सामग्री सहयोग र साझेदार सस्थाको सम्झौता भए पछि लागु हुने गरी ।  तपशिलका वमोजिमको बोलपत्र आह्वान गरेको छ । 

सामागी्र तथा सेवाहरू

    1. पुस्तकालय स्थापनाका लागि सहयोग 

सङलग्न गर्नु पर्ने आवश्यक कागजातहरू

  • आवेदन निवेदन पत्र
  • फर्म दर्ता प्रमाण पत्र
  • भ्याट तथा पानमा दर्ता भएको प्रमाण पत्र
  • फर्मको करचुक्त प्रमाण पत्र आ.ब २०80/०८1
  • COI Firm

योग्य ईच्छुक आपुर्तिकर्ताले बोलपत्र आह्वान अनुसारको फर्मको विवरण, कानुनी कागजातहरूका साथै कोटेशनको दररेट, परामर्शदाताले सेवाका क्षेत्र सहितको कागजातहरू शिलबन्द गरि पेस नेपाल जुम्लाको मुख्य कार्यालय जुम्लामा मिति  २०८२ वैशाख २ गते साझँ ५ बजे सम्म पुग्ने गरी उपलब्ध गराउनुपर्ने हुन्छ । आपुर्तिकर्ताले अवश्यक BID Firm/Quotations Format पेस नेपालको कार्यालयवाट र इमेल बाट पनि लिन सकिने छ ।  मिति २०८२ वैशाख २ भन्दा पछि आएका काेटेसन उपर कुनै कारबाही हुने  छैन । इमेलमार्फत कोटेशन पेस गर्दा पिडिएफ फाइलमा पासवर्ड राखेर पठाउनु पर्नेछ । फोनः ०८७५२०२४१, Email: pacenepalprocurement@gmail.com

सूचनाकाे पूरा विवरण थाहा पाउन तलकाे लिंक थिच्नुहाेला..

https://drive.google.com/drive/folders/1–LkIUGoe5-Dh46xDK19ziDPPatRSNnL

प्रकाशित मिति : २०८१ चैत्र २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस