चन्दननाथको खलंगामा बाल भेला

जुम्ला – चन्दननाथ नगरपालिका स्तरीय बाल भेला कार्यक्रम गरिएको छ । चन्दननाथ नगरपालिकाका आयोजनामा वल्र्डभिजन, किर्डाक नेपाल र सोकेक नेपालको समन्वयमा नगर स्तरीय बाल भेला कार्यक्रम गरिएको हो ।


चैत २८ र २९ गते दुई दिनसम्म सञ्चालन हुने बाल भेला कार्यक्रममा बालबालिका सम्वन्धी कानूनी तथा नीतिगत व्यवस्था, स्थानीय तहका सवालहरु समाधानमा देखा परेका समस्याहरु, बालबालिकाको नेतृत्व तथा व्यक्तिगत विकास, बाल भेलामा खुला तथा प्रयोगात्मक छलफलसमेत हुने जनाएको छ ।
दुई दिनसम्म सञ्चालन हुने बालभेला कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालयका न्यायधिवक्ता अनिल रेग्मी, चन्दनाथ नगरपालिका बालकल्याण अधिकृत पुस्पा थापा, किर्डाकका बाल संरक्षण अधिकृत श्रीराम थापा, सोसेक नेपालका संयोजक माया अधिकारीले सहजीकरण गर्ने जनाएको छ ।


चन्दननाथ नगरपालिका उपप्रमुख रामदेवि खड्काले बाल भेलाबाट आएका सल्लाह सुझावका आधारमा आउने वर्षमा नीति तथा कार्यक्रम र बजेट बनाएर कार्यन्वयनमा लैजाने बताइन् ।

प्रकाशित मिति : २०८१ चैत्र २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस