हुम्लामा वर्षापछि आएकाे बाढी पहिराेले पशुचाैपाय र भाैतिक संरचनामा क्षति

जुम्ला । हुम्लाको अदानचुली गाउँपालिकाको केन्द्र श्रीनगर बजारमा वर्षापछि आएकाे बाढी पहिराेले पशुचाैपाय र भाैतिक संरचनामा क्षति पुराएकाे छ ।

बाढी गाेठमा पसेपछि अदानचुली गाउँपालिका–३ का आइते बुढाको बाख्राको गोठ भत्किदा २६ बाख्रा मरेका छन् । भने श्रीनगरका घर तथा पसलहरुमा समेत क्षति पुगेकाे  हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले बताए ।

स्थानीयका अनुसार १० भन्दा बढी घर तथा पसलमा क्षति पुगेको छ । यदपी क्षतिकाे एकिन विवरण आउन बाँकी रहेकाे छ ।
अदानचुली गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहले क्षति ठुलो मात्रामा भएको र अहिले प्रहरीले विवरण संकलन गर्ने काम गरिरहेको बताए ।

बाढीले अमृत बुढाको पसल बगाएको छ भने आसपासका ११ पसलमा क्षति पुर्‍याएको प्रारम्भीक जानकारी प्राप्त भएकाे छ ।

प्रकाशित मिति : २०८२ बैशाख ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस