तातोपानीका वडा सचिवलाई अनलाइन नागरिकता सिफारिस तालिम

जुम्ला-तातोपानी गाउँपालिका जुम्लाले अनलाइनबाट नागरिकता सिफारिस गर्नका लागि वडा सचिवलाई तालिम दिएको छ । गृहमन्त्रालय, जिल्ला प्रशासनमार्फत देशभर अनलाइनबाट नागरिकता सिफारिसको सर्कुलर भएपछि यहाँको वडा सचिवलाई एकदिने तालिम दिन थालिएको हो ।


तालिमका प्रशिक्षक तथा तातोपानी गाउँपालिका आइटी अपिसर जयऋषि उपाध्यायका अनुसार यहाँका ८ वडा रहेका छन् । उनले भने केही १÷२ वडाबाट त यसअघि नै अनलाइनबाट नागरिकता सिफारिस सेवा प्रवाह भएको छ । गाउँपालिका आइटी शाखाबाट पनि यसअघि १७ वटा अनलाइन सिफारिस गरेका छौँ । तर सवै वडाबाटै अनलाइन सिफारिस सेवा प्रवाह गर्नका लागि सचिव कर्मचारीलाई काम गर्न सहजताका लागि तालिमको आयोजना गरिएको हो ।
कागजरहित विद्युतीय सप्टवयर प्रणालीमार्फत नागरिकता सिफारिस सेवा प्रवाह गर्नका लागि भौतिक रुपमा सवै वडाका सचिवलाई सहभागी गराएर अध्यास गराएरै केन्द्रीय नागरिकता सुचना प्रणाली पूर्ण रुपमा चलाउन सक्ने गरी सिकाईएको आइटी अपिसर उपाध्यायले बताए । उनले भने, यस्तै पाम्स भीटु, सामाजिक सुरक्षा र राजस्व सम्वन्धी अभिमुखिकरण कार्यक्रम गरिएको छ ।

तातोपानी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतका अनुसार केन्द्रीय नागरिकता सुचना प्रणाली, पाम्स्, सामाजिक सुरक्षा र राजस्व सम्वन्धी शाखा प्रमुख, वडा सचिवलगायतका कर्मचारीलाई अभिमुखिकरण गरिएको हो । उनले भने, सेवा प्रवाहमा सहजता ल्याउनका लागि क्षमता अभिबृद्धिका लागि कर्मचारीलाई तालिम दिएको हो । देशभर अनलाइनबाट नागरिकता सिफारिस गर्नुपर्ने व्यवस्था रहेको छ । सोही बमोजिम तातोपानी गाउँपालिकाका वडा तहबाटै अनलाइन सिफारिस सेवा गर्न थालिएको हो ।
तालिमबाट सिकेका कुरा व्यवहारमा कार्यन्वयनमा ल्याएर सेवा प्रवाह गर्न सुझाएको तातोपानी गाउँपालिका उपाध्यक्ष रेवती रावलले बताइन् । उनले भनिन् यहाँका वडामा विजुली र इन्टरनेटको पहुँच भएकोले अनलाइन नागरिकता सिफारिसमा समस्या हुने छैन । तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले कर्मचारीलाई अधिकार र कतव्र्यभित्र रहेर सेवा प्रवाह गर्न निर्देशन दिएका छन् । उनले भने, कमीकमजोरी एउटाले गर्ने त्यसको जवाफ नेतृत्वले दिनुपर्ने भएकोले सवै सजक हुनुपर्ने देखिएको छ । सवै कर्मचारी जनप्रतिनिधिले आफ्नो कतव्र्य र अधिकारको दायरामा काम गर्नुपर्दछ ।

प्रकाशित मिति : २०८२ बैशाख ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस