हिमामा हुने प्रथम वास सम्मेलनकाे तयारी पूरा,खानेपानी मन्त्री जुम्ला पुगे

जुम्ला । जुम्लाकाे हिमा गाउँपालिकामा कर्णालीमै पहिलाे पटक हुन लागेकाे (वास) सम्मेलनकाे सम्पूर्ण तयारी पुरा भएकाे छ ।

सिंजा क्षेत्रका तीन स्थानीय तह हिमा,सिंजा र कनकासुन्दरी गाउँपालिकाकाे संयुक्त आयाेजनामा बैशाख ७ गते हुने वास सम्मेलनकाे तयारी पूरा भएकाे हाे हिमा गाउँपालिका वास संयाेजक सुमिता शाहीले जानकारी दिईन् ।

सम्मेलन उद्घाटनका प्रमुख अतिथि नेपाल सरकारका खानेपानी मन्त्री प्रदिप यादव शनिवारनै जुम्ला पुगिसकेका छन्। जुम्ला पुगेका मन्त्री यादवले कर्णाली प्राविधिक शिक्षालय,बृहत्त धाैलिगाड खानेपानी आयाेजनाका निर्माधिन पानी ट्यांकीकाे स्थलगत अनुगमन समेत गरेका छन् ।
मन्त्री यादवले आईतबार विहान ११ बजे सम्मेलनकाे उद्घाटन गर्ने कार्यतालिका छन् । उद्घाटन पनि दियार गाउँकाे टाेललाई सरसफाई उन्मुख टाेल घाेषणा हुने छ ।

हिमा गाउँपालिका वडा नं १ स्थित दियार गाउँमा हुने वास सम्मेलनमा जुम्लाकै पहिलाे टाेलका रुपमा दियार गाउँकाे तल्लाे टाेललाई सरसफाई उन्मुख टाेल घाेषणा गर्ने कार्यक्रम छ । भने सम्मेलनमा लाेकप्रिय गायिका रेखा जाेशी लगायतकाे सांस्कृतिक प्रस्तुती रहने छ ।

पहिलाे पटक आयाेजना गरिएकाे वास सम्मेलनलाई सफल पार्नका लागि जिल्लाबासीलाई उपस्थितिका लागि हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले अनुराेध गरेका छन् । सिंजाका तीन पालिकाले वास सम्मेलनलाई एक ठुलाे उत्सवका रुपमा लिएका छन् ।

तीन पालिकाकाे संयुक्त आयाेजना तथा हिमा गाउँपालिकाकाे आयाेजकत्वमा सम्मेलन हुदैँ छ । सिंजा क्षेत्रका तीन पालिकामा सुस्वा परियाेजना संचालन छ । जसले खानेपानी सरफाइ तथा आनीबानी सुधार र महिलाकाे शसक्तिकरणका लागि काम गरिरहेका छन् ।

प्रकाशित मिति : २०८२ बैशाख ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस