जुम्लाका ५ पालिकामा साहस परियोजना लागु,महिला शसक्तिकरणमा जोड

जुम्ला । जुम्लाका पाँच स्थानीय तहमा महिला शसक्तिकरण तथा सामाजिक रुपमान्तरणका क्षेत्रमा गर्न ‘साहस’ परियोजना संचालन भएको छ । यहाँका आठ स्थानीयतह मध्य गुठिचौर,पातारासी,कनकासुन्दरी,सिंजा र हिमा गाउँपालिकामा परियोजना लागु भएको हो ।

यूके एड तथा यूएन वमेनको आर्थिक सहयोगमा सर्बोदय नेपाल जुम्लाको सहजीकरणमा जिल्लाका पाँच स्थानीयतहका १० वटा वडामा परियोजना लागु हुने सर्वोदय नेपालका कार्यकारी निर्देशक कमलराज खत्रीले बताए । समाजमा विद्यमान सामाजिक हानिकारक मुल्यमान्यता न्युनिकरण एवंम लैगिंक समानताका लागि सामाजिक मुल्यामान्यता परिर्वतन परियोजना संचालन हुने छ । जसले महिलालाई उत्पादनसंग जोड्नुका साथै सामाजिक कुरिती न्युनिकरणका लागि शसक्त बनाउने प्रयास गर्ने छ ।

सामाजिक कुुरिती न्युनिकरण, संस्थागत क्षमता अभिबृद्धी, र लैगिंक हिंसा न्युनिकरणका गर्ने परियोजनाको उदेश्य छ । ३३ महिना सम्म संचालन हुने उक्त परियोजनाबाट पाँच पालिका अन्तरर्गत १० वटा वडाका ९ सय ३० घरधुरी प्रत्यक्ष लाभान्वित हुने कार्यकारी निर्देशक खत्रीले जानकारी दिए ।

महिला तथा पछाडि परेका समुदायको शसक्तिकरण र उत्पादन बृद्धि तथा उद्यमशीलतामा महिलालाई प्रेरित गर्न विभिन्न अभ्यास थालिने छ । प्रशासनिक तथा कार्यक्रम तर्फ गरी परियोजनाको लागत एक करोड ५१ लख बजेट रहेको छ ।

डेढ करोडको लागतमा महिला उद्यमशीलता विकास,शसक्तिकरण,उत्पादन बृद्धि, परम्परागत हानिकारक अभ्यास–बालविवाह,महिनावारी विभेद,लैगिक विभेद जस्ता कुरिती न्युनिकरणमा केन्द्रित भएर काम गरिने छ ।

मंगलबार परियोजनाको परिचयात्मक कार्यक्रममा सहभागी पाँचै पालिकाका प्रमुखहरुले परियोजनाले महिलाको उद्यमशीलता विकास तथा समृद्ध समाज निर्माण टेवा पुराउने विश्वास व्यक्त गरे । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले स्थानीयतह,अन्य गैरसरकारी निकायसंग समन्वय सहकार्य मार्फत डुब्लीकेशन नहुने गरी काम गर्न सुझाब दिए । महिलालाई केन्द्रित गरेर संचालन हुन लागेको साहस परियोजनाले महिलाको बृहत्तर क्षामता विकास,आर्थिक तथा सामाजिक विकासमा समेत साहस थप्ने विश्वास व्यक्त गरे ।

सर्वोदय नेपालका अध्यक्ष नारायणी चौलागाँईले आर्थिक रुपमा परनिर्भर महिलाहरुलाइ उद्यमशीलता जोडेर शसक्त बनाउने, सामाजिक कुरिती विरुद्ध लड्न सक्षम बनाउने काम परियोजनाले गर्ने बताईन् । उनले भनिन,‘अहिले पनि जुम्लाका महिला घरधन्दामै बढी व्यस्त छन् । घरेलु हिंसा,लैगिक हिंसाको चपेटामा छन् । सामाजिक बन्धनले आफु माथि परेको समस्या समेत सुनाउदैनन् । तर परियोजना संचालनपछि कम्तीमा आफ्नो विषयमा आफै पैरबी गर्न सक्ने बनाउँने उदेश्य छ ।’

प्रकाशित मिति : २०८२ बैशाख १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस