सिंजा महाेत्सव उद्घाटन गर्न उपसभामुख राना र सांसद शाही आउदैँ

जुम्ला । खष भाषा र सभ्यताकाे उद्गम स्थल ऐतिहासिक सिंजामा हुने प्रथम महाेत्सवकाे उद्घाटन गर्न प्रतिनिधि सभाका उपसभामुख ईन्दिरा राना आउने भएकी छन् ।

सिंजा क्षेत्रमा पहिलाे पटक आयाेजना हुने बृहत्त सिंजा महाेत्सवकाे उद्घाटनका लागि उपसभामुुख राना र प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र बहादुर शाही आउने तय भएकाे हाे ।

सिंजा संचार केन्द्रकाे आयाेजनामा बैशाख १२ गतेदेखि सुरु हुने प्रथम सिंजा महाेत्सव उद्घाटनका लागि प्रमुख अतिथिका रुपमा उपसभामुख राना आउने पक्का भएकाे आयाेजक संस्थाका अध्यक्ष माेहन विक्रम शाहीले बताए ।

उनका अनुसार जुम्लाबाट निर्वाचित सांसद तथा राप्रपा संसदीय दलका सचेत ज्ञानेन्द्र बहादुर शाही महाेत्सव उद्घाटनकाे विशेष अतिथिका रुपमा आउने छन् ।

बैशाख १२ देखि २१ गते सम्म संचालन हुने महाेत्सवले सिंजा क्षेत्रकाे पर्यटन प्रर्बद्वन,व्यापारिक गतिविधिमा बृद्विमा टेवा पुराउने विश्वास गरिएकाे छ । महाेत्सवमा पल शाह,दुर्गेश थापा लगायतका दर्जनाै कलाकार आउने भएका छन् ।

प्रकाशित मिति : २०८२ बैशाख ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस