जुम्लाका डिएसपी छेदिलाल कामतीकाे सरुवा

जुम्ला । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरिक्षक (डिएसपी) छेदिलाल कामतीकाे सरुवा भएकाे छ ।

२०८० चैत १६ गते जुम्ला हाजिर भएका डिएसपी कामतीकाे करिब १३ महिनाकाे अवधिमा सरुवा भएकाे हाे ।

उनकाे काठ्मान्डाै उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वर काठमान्डाैमा सरुवा भएकाे छ । उनले लागू ओैषध दुर्व्यसनी न्युनिकरणका क्षेत्रमा केही काम गर्न खाेजेपनि आपसी समन्वय सहकार्य अपेक्षाकृत गर्न सकेनन् ।

दैनिक लागू ओैषध प्रयाेगकर्ता पक्राउ गर्ने र सार्वजानिक गर्ने उनकाे मुख्य प्रगती हाे । नागरिकले चाहे जस्ताे गाउँ गाउँमा पुगेर न्यायीक सचेतना जस्ता काम हुन सकेनन् ।

यदपी विभिन्न निकायकाे सहयाेगमा कार्यालय भित्रका आशिंक सुधार भएका छन् । प्रहरी प्रधान कार्यालयले देशभरका १२१ जना डिएसपीकाे सरुवा गरेकाे छ ।

जुम्लामा नयाँ प्रहरी प्रमुख रविन बाबु रेग्मी आउदैँ छन् ।

प्रकाशित मिति : २०८२ बैशाख १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस