
जुम्ला । गत बैशाख ७ गते सुर्खेतको विरेन्द्रनगर नगपालिका वडा नं. २ स्थित रेडियो नेपाल नजिक फोर्स गाडीले ठक्कर दिँदा जुम्ला हिमाका एक स्थानीयको मृत्यु भएको छ । राहत तथा क्षतिपुर्ति प्रदान गर्नुको साटो शान्तिपूर्ण आन्दोलन गरिहेका मृत्तकका आफन्तलाई प्रहरीले गिरफतार गरेपछि चौतर्फी विरोध भईरहेको छ ।
यसै जुम्लाको हिमाले गाउँपालिकाले फोर्स गाडीको ठक्करबाट आफ्नो पालिकाबासी मृत्यु भएकोमा दुःख व्यक्त गर्दै मृत्तकका परिवारलाई उचित राहत र क्षतिपुर्ति दिनुपर्ने माग गरेको छ ।
एक प्रेस विज्ञप्ती जारी गर्दै हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले वैशाख ७ गते मध्यपश्चिम यातायता समितिको कर्णाली प्रदेश ००१ (ख) ११५ नं. को फोर्स गाडिले ठक्कर दिईा हिमा गाउँपालिका वडा नं. ४ तलिकुड्डु गाउँ स्थायी निवासी वर्ष ५६ का कालि बहादुर वुढा भन्ने मनजिते बुढाको मृत्यु प्रति दुख व्यक्त गरेका छन् ।
विज्ञप्तीमा भनिएको छ,‘आफ्नो सडक किनारातर्फ हिडिरहेको अवस्थामा फोर्स गाडीले ठक्कर दिएर मारेको घटना प्रति दुःख व्यक्त गर्दछु । एक नागरिक आफ्नो कामको सिलशिलामा बाटो किनारामा एकतर्फि हिडिरहेको अवस्थामा त्यसरी किचेर मानें घटनाले यातायात व्यवसायी समिति र गाडीका कर्मचारीहरु नागरिकको सुरक्षामा जिम्मेवार नरहेको सवारी सञ्चालनमा व्यापक लापरवाही रहेको कुरा यस्ता घटनाहरुवाट स्पष्ट पृष्टी भएको देखिन्छ ।’
आफ्ना छोराछोरी र घरपरिवारको अभिभावकिय जिम्मेवारी समेत बोकेका व्यक्तिको दुर्घटनाबाट मृत्युवरण भएपछी आश्रित घरपरिवारको समेत विचल्लि भएको छ । घटनाको उचित राहत क्षतिपुर्तिको लागि सम्बन्धित पक्ष जिम्मेवार ढंगले प्रस्तुत हुनु पर्ने अहिले सम्म कुनै पनि वार्ता हुन सकेको छैन् ।
उल्टै आफ्ना मागहरु पुरा गराउन सडकमा गरिएका शान्तीपूर्ण प्रदर्शनमा प्रशासनबाट हस्तक्षेप भई पिडितलाई नै गिरफ्तार गरी हिरासतमा राखी गाली बेईज्जती समेत गरि दुःख दिइएको प्रति गम्भिर ध्यानाकर्षण भएको विज्ञप्