लाेकतन्त्र दिवसकाे अवसरमा विरामीलाई फलफुल वितरण

जुम्ला -नेकपा एमाले जुम्लाले १९ औं लोकतन्त्र दिवसको अवसरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विरामीलाई फलफूल वितरण गरिएको छ। अस्पतालुका ४० जना विरामीलाई फलफुल वितरण गरिएकाे जुम्ला बहुमुखि क्याम्पस जुम्लाका स्ववियु सभापति लाेकेन्द्र बुढाले बताए ।


नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा जुम्ला निर्वाचन क्षेत्र ‘क’ का ईन्चार्ज भिम बहादुर थापाका अनुसार नेपालमा लोकतान्त्रिक अभ्यास हाल सम्म पूर्ण ढङ्गले स्थायित्व हुन नसकेको र यसका स्थायित्वका लागि नेकपा एमालेले बिभिन्न कार्यहरु गर्दै आइरहेको छ । उनले भने कार्यक्रमबाट रचनात्मक र श्रृजनात्मक सन्देश प्रवाह गर्न खोजिएकाे हाे । दिगो शान्ति, समृद्धि र सामाजिक न्याय विकासका लागि लोकतन्त्र अब्बल ब्यवस्था रहेको नेकपा एमाले जुम्लाका पार्टी सचिव मान बहादुर रोकायले बताए।

प्रकाशित मिति : २०८२ बैशाख १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस