नौमुडे बोबा समुहको सार्वजानिक सुनुवाई,यस्तो छ आय व्याय ?

११ गते साँझ भएको सार्वजानिक सुनुवाईमा सहभागी स्थानीयहरु । तस्बिरः कर्णाली मिसन

जुम्ला । पातारासी गाउँपालिका वडा नं.६ को घोडेसिन गाउँको सिरानमा स्थित नौमुडे बोबाको मन्दिरमा कर्णालीकै ठुलो घण्टी राख्नका लागि जम्मा भएको रकम र खर्चको सार्वजानिक सुनुवाई गरिएको छ । ८० जना बढी स्थानीयको सहभागितामा नौमुडे बोबा समूहले घण्टी स्थापनार्थ उठेको सहयोग तथा खर्च विवरणबारे बील भरपाई तथा बैंक स्टमेट सहित सार्वजानिक सुनुवाई गरिएको स्थानीय यूवा स्थानीय यूवा पन्नी बहादुर बुढाले बताए ।

एघार गते साझा गाउँको उपस्थितीमा गरिएको सार्वजानिक सुनुवाइमा सबै लाई खर्च विवरणबारे प्रष्ट पारिएको छ ।
कूल जम्मा संकलन भएको .११ लख ९८ हजार ४६६.२३ रुपैया मध्य घण्टी निर्माण,ढुवानी,मन्दिरको पूर्वाधार निर्माण,सामुहिक भोज लगायतका कार्यका लागि १० लाख ५३ हजार ९९५ रुपैयाँ खर्च भएको यूवा पन्नी बहादुर बुढाले कर्णाली मिसनलाई जानकारी दिए । उनका अनुसार बैक माज्दात १ लाख ४४ हजार ४७१ रुपैया रहेको छ ।

कूल जम्मा भएको रकम मध्य १ सय ८८ जना भक्तजनहरुबाट ८ लाख ३ हजार ४२२.२३–,देउसी बाट जम्मा गरिएको नगद. १ लाख ६९ हजार,नगद रसिद र दान पेटिवाट २ लाख २५ हजार ८४० गरी कूल संकलन भएको रकम ११ लाख ९८ हजार ४६६ रुपैया हो ।

खर्च तर्फ कर्णालीकै ठुलो २१० किलोको घण्टी निर्माणका ६ लाख ११ हजार,साङग्लो निर्माणमा १५ हजार,जुम्ला ढुवानीका १४ हजार ५९ रुपैयाँ खर्च भएको छ । त्यस्तै, मुर्ति,शंख,तामाथाल खरिदमा १३ हजार,घण्टी झुन्डयाउने पिल्लर निर्माणमा.६३ हजार,३. मन्दिरमा पुजा गर्ने ५ खसी÷ बोका खरिदमा ९१ हजार ५ सय र समग्र समूह र विभिन्न चरणमा गरिएको कार्यक्रमतर्फ २ लाख ४८ हजार ९०५ रुपँया गरी जम्मा १० लाख ५३ हजार ९९५ रुपैया खर्च भएको समुहका अध्यक्ष गणेश बुढाले बताए ।

बचत रकम श्री नौमुडे बोबा समूहको माताहतमा मन्दिरको भौतिक निर्माण तथा व्यवस्थापनमा खर्च निर्णय भएको ।सरकारी निकाय बाट विकास योजना आएको खण्डमा बचत रकमलाई प्रयोग गरि साझेदारमा काम गर्ने अध्यक्ष गणेश बुढाले उल्लेख गरे ।
देउसी भैलो बोहक घोडेसिनका स्थानीय भक्तजन तथा जिल्ला बाहिरका शुभचिन्तक सहित गरेर ३ सय जना बाट संकलित ११ लाख बढी रकमले धार्मिक पर्यटन पूर्बद्धनका लागि कर्णालीमै उल्लेखीय काम भएको छ । कर्णालीमै ठुलो २१० किलोको घण्टी प्रतिस्थापन गरी घोडेसिन गाउँले धार्मिक पर्यटन प्रर्बद्धनको दिर्घकालीन यात्रा सुरु गरेको छ ।

प्रकाशित मिति : २०८२ बैशाख १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस