
जुम्ला । बुवाको किरियामा बसेका तिला गाउँपालिका जुम्लाका प्राबिधिक शाखा प्रमुख धन प्रसाद चौलागाईं कार्यालयको काममा लागेका छन्। प्राबिधिक शाखाका नगरी नहुने काम किरिया बसेको अबस्थामा पनि चौलागाईंले गर्दै आएका हुन् ।
प्राबिधिक शाखासंग जोडिएका कुनै पनि कामले पालिकाको बिकासमा बाधा नपुगोस् र सेवाग्राहीले समयमै सेवा प्राप्त गरुन् भन्ने हेतुले बुवाको किरिया बसेको अबस्थामा पनि काम गर्ने गरेको प्राबिधिक प्रमुख चौलागाईंले बताए ।
निजामती सेवा ऐन २०४९ अनुसार किरिया बस्नु परेमा १५ दिन किरिया बिदा पाउने प्रावधान रहेको छ। तर तिलाका प्राविधिक प्रमुख भने घरबाटै कार्यालयकाे सेवा नियमित दिई रहेका छन् ।
अन्तिम चाैमासिक चलिरहेकाेले विकास निर्माणका काम गाउँँ गाउँमा भईरहेका छन् । प्राविधिक प्रमुख चाैलागाई भन्छन,’यति बेला प्राविधिक कर्मचारीहरुकाे महत्व पूर्ण भूमिका रहन्छ । बुबाकाे दुखद निधनपछि परम्परानुसार म काजकिरियामा बिदा छु । तर पालिकामा आएका जनताकाे काम नराेकियाेस्,जनताले दु:ख नपाउन भनेर घरबाटै नियमित सेवा दिई रहेकाे छु ।’
किरियामै बसेर भएपनि चाैलागाँईले घरबाटै नियमित सेवा दिएपछि प्राविधिक शाखाका कुनै काम राेकिएका छन् । नागरिकले राहत महसुश गरेका छन् ।