
जुम्ला । तिला गाउँपालिकाकाे वडा नं ६ स्थित घाेडे महालेव स्वास्थ्य चाैकीमा संचालित नि:शुल्क स्वास्थ्य शिविरबाट २ सय ६९ जनाले सेवा लिएका छन् ।
जनतासंग अध्यक्ष,उपाध्यक्ष कार्यक्रम अन्तर्गत तिला गाउँपालिका स्वास्थ्य शाखाद्वारा संचालित शिविरबाट २ सय ६९ जना नि:शुल्क सेवा लिएका हुन् ।
दुई दिन संचालन भएकाे शिविरमा महिला तथा पुरुषका विभिन्न स्वास्थ्य समस्याका विषयमा जाँच गरिएकाे छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक डाक्टर पुजन राेकायाका अनुसार स्त्रीराेग,नसा राेग,हाडजाेर्नी सम्बन्धी उपचार गरिएकाे थियाे ।

अधिकांश महिलामा तल्लाे पेट दुख्ने,पाठेघर सम्बन्धि समस्या देखिएकाे छ । साथै उपचार गराउने मध्य धेरेै जनामा प्रेसरकाे समेत देखिएकाे छ । भने कम्मर दुख्ने,घुँडा दुख्ने,दम, लगायतका समस्या भएका विरामी बढी भेटिएकाे डाक्टर राेकायाले जानकारी दिए ।
दुर्गम घाेडेमहादेवमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विशषज्ञ डाक्टरबाट उपचार पाउँदा स्थानीय खुसी भएका छन् । घरमा डाक्टर ल्याएर उपचारकाे वातावरण बनाउने गाउँपालिकालाई धन्यबाद समेत दिएका छन् ।