ईन्चार्ज बाेगटीले महासचिवलाई बुझाए वडा केन्द्रित अभियानकाे प्रतिवदेन

जुम्ला । नेकपा (एमाले) का कर्णाली प्रदेश ईन्चार्ज गाेरर्ख बहादुर बाेगटीले वडा केन्द्रित जरा अभियानकाे प्रतिवेदन बुझाएका छन् । एमाले स्थायी कमिटी सदस्य समेत रहेका बाेगटीले देशभरीबाटै सबैभन्दा पहिला वडा केन्द्रित अभियानकाे प्रतिवेदन साेमबार एमाले महासचिव शंकर पाेखरेललाई बुझाएका हुन् ।

वडा केन्द्रित अभियानमा भएका गतिविधिकाे प्रतिवेदन बुझाउने ईन्चार्ज बाेगटी पहिलाे हुन् । नकेपा एमालले संगठनलाई थप सुदृढीकरण गर्न तथा एमाले नेतृत्वकाे सरकारले गरेका राम्रा कामबारे बुझाउन ३ महिने वडा केन्द्रित अभियान संचालन गरेकाे थियाे ।

माघ देखि चैत मसान्त सम्म संचालन भएकाे अभियानकाे प्रतिवेदन बुझाउने समयसिमा वैशाख १५ गतेसमम्म ताेकिएकाे थियाे । तर हाल सम्म कुनै प्रदेशले प्रतिवेदन बुझाउन सकेका छैनन् ।

यदपी कर्णाली प्रदेश भने तीन महिने वडा केन्द्रित अभियान चलाएर सम्पन्न गर्नेदेखि प्रतिवदेन बनाएर बुझाउनेमा देशकै पहिलाे बनेकाे छ । जसकाे नेतृत्व सुरुदेखि अन्तिमम्म ईन्चार्ज बाेगटीले गरिरहेका छन् ।

ईन्चार्ज बाेगटीले केन्द्रकाे निर्देशननुसार अभियान सफल बनाउन,एमाले नेतृत्वका सरकारका गरेका राम्रा कामकाे प्रचार गर्न,जनतामा आशा जगाउन ईन्चार्जनै कर्णालीका जिल्ला जिल्लामा समेत पुगेका थिए । त्यसैले कर्णाली वडा केन्द्रित अभियान सम्पन्न गर्ने पहिलाे प्रदेश बनेकाे छ ।

२०८१ माघदेखि चैत्र मसान्तसम्म सञ्चालन भएको यो अभियानले कर्णालीका गाउँगाउँमा पार्टी संगठनलाई थप सुदृढ बनाएको निष्कर्ष निकालिएको छ।

कर्णाली प्रदेश इन्चार्जले अभियान अवधिमा आफ्नो कार्यक्षेत्रमा भएगरेका कामको विस्तृत लिखित प्रतिवेदन पार्टी महासचिव शंकर पोखरेल केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा बुझाए । महासचिव पोखरेललाई प्रतिवेदन बुझाउँदै प्रदेश इन्चार्जले अभियानका मुख्य उपलब्धि र देखिएका चुनौतीबारे संक्षिप्त मौखिक जानकारी गराएका छन्
कर्णाली प्रदेशमा सञ्चालन भएको यो अभियानले पार्टीका स्थानीय कमिटीहरुलाई पुनर्गठन तथा सुदृढीकरण गर्न महत्वपूर्ण भूमिका खेलेको ईन्चार्ज बाेगटीले कर्णाली मिसनलाई जानकारी दिए ।

अभियानका क्रममा नयाँ सदस्यहरुलाई पार्टीमा आकर्षित गर्नुका साथै कार्यकर्ताहरुलाई प्रशिक्षण र वैचारिक स्पष्टता प्रदान गर्ने काम पनि प्रभावकारी रुपमा सम्पन्न भएको छ।
केन्द्रीय सदस्यहरु भूगोल जिम्मेवारीमा खटिएर गाउँ तहसम्म पुगी कार्यकर्ता र स्थानीय जनतासँग प्रत्यक्ष संवाद गरेका थिए।

आगामी चुवानमा एमालेलाई तीनै तहका सरकारमा पहिलाे शक्ति बनाउन वडानै बलियाे बनाउनु पर्ने कुराकाे महसुस भएकाे अभियानले पार्टी र जनताबीचको सम्बन्धलाई थप मजबुत बनाएको विश्वास गरिएको छ।

अभियानका क्रममा स्थानीय स्तरका समस्या र आवश्यकताहरु पहिचान गरी पार्टीको आगामी नीति तथा कार्यक्रममा समावेश गर्न महत्वपूर्ण सुझावहरु संकलन गरि प्रतिवदेनमा उल्लेेख गरिएकाे छ ।

महासचिव शंकर पोखरेललु कर्णाली प्रदेश इन्चार्जबाट प्राप्त प्रतिवेदनको अध्ययनपछि अभियानको समग्र मूल्यांकन गर्ने र आवश्यक निर्देशन दिने बताए । अभियानले आगामी दिनमा कर्णाली प्रदेशमा पार्टीको संगठनलाई थप क्रियाशील र बलियो बनाउन मद्दत पुग्ने अपेक्षा व्यक्तफ गरे ।

प्रकाशित मिति : २०८२ बैशाख १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस