रेशम चौधरीलाई छुटाउन प्रहरीलाई सर्वोच्चकाे पत्र, अघिल्लो पत्र लेख्ने महिमानसिंह हिरासतमा

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी तत्कालै छुट्ने भएका छन ।

उनलाई थुनामुक्त गर्न सर्वाेच्च अदालतको पत्र प्रहरीमा पुगेको छ । यसअघि सर्वोच्चको मुद्दा शाखाबाट रेशमलाई पक्राउ गर्ने पत्र लिएर गएका शाखा अधिकृत महिमानसिंह बिष्टलाई पक्राउ गरेर हिरासतमा राखिएको छ ।
उनले आफूलाई हिंसामा मरेका मान्छेहरुको आत्माले पोलेकाले पत्र लेखेको बयान दिएका छन् ।

प्रकाशित मिति : २०८२ बैशाख १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस