खगेन्द्र कार्कीकाे नेतृत्वमा वाइसीएल जुम्लाकाे ७१ सदस्यीय नयाँ कार्यसमिति चयन

जुम्ला । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को युवा संगठन योङ कम्युनिस्ट लिग (वाइसियल)को छैठौं जिल्ला अधिवेशन सम्पन्न भएको छ। उक्त अधिवेशन बाट वाईसीएल जिल्ला कमिटी जुम्लाको अध्यक्षमा खगेन्द्र कार्की सर्वसम्मत रुपमा चयन भएका छन् ।

मंगलबार सम्पन्न सोहि सम्मेलनबाट कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ। वाइसियल नेपाल जुम्लाका इन्चार्ज हँस बस्नेतका अनुसार उपाध्यक्षमा पूर्ण सुनार, हरि बहादुर बोहरा र तप्तराज जैसी, यस्तै सचिबमा सत्यनारायण योगि,सहसचिव मान बहादुर कठायत, भागरती भण्डारी,बिर्ख कामी,बिराज बुढा र कोषाध्यक्षमा बिष्णु चन्द्र बिस्ट, निर्वाचित भएका छन् ।

७१ सदस्यीय नयाँ कार्यसमिति रहेको वाइसियल नेपाल जुम्लाले जनाएको छ ।माओवादीद्वारा भए गरेका असल गतिबिधिलाई जनतासम्म पुर्याउने काम वाइसियलले गर्नुपर्नेमा जोड दिदैं कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले सम्मेलनको उद्घाटन गरेका हुन् ।

आगामी निर्वाचनमा एकताबद्ध भएर जुम्लाका आठवटै स्थानीय तहमा माओवादी केन्द्रको एकलौटी जित सुनिश्चित गर्नका लागि जागरण अभियान सुरु गर्न मल्लले वाइसिएललाई आग्रह गरेका छन्।

कार्यक्रममा माओवादी केन्द्रका जुम्ला जिल्ला इन्चार्ज नरेश भण्डारी,सहइन्चार्ज गोमा गौतम, प्रदेश कमिटीका सदस्य लगायत जिल्ला कमिटी सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०८२ बैशाख १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस