
जुम्ला । ताताेपानी गाउँपालिकाले वैशाख २२ गते महाेत्सव संचालन गर्ने भएकाे छ । स्थानीय परम्परा तथा संस्कृतिकाे संरक्षण गर्ने उदेश्यले महाेत्सव संचालन गरिने भएकाे हाे ।
महाेत्सवमा स्थानीय कला सांस्कृति झल्कीने प्रस्तुती मात्र देखाइने छ । महाेत्सवकाे मुख्य आर्कषक व्यक्तिका रुपमा नायक प्रदिप खड्का,नायिक दिपाश्री निराैला, चलचित्र बाेर्डका अध्यक्ष दिनेश डिसी लगायतका चर्चित अभियनेताहरु आउने भएकाे छन् ।
ताताेपानी गाउँपालिकाकाे आयाेजना चलचित्र बाेर्डकाे समन्वय र कर्णाली उत्थानशील अभियान नेपालकाे सहजीकरणमा महाेत्सवमा आयाेजना हुन आगेकाे हाे ।
नितान्त स्थानीय संस्कृति संरक्षण तथा प्रर्वद्वन गर्ने उदेश्यले महाेत्सवकाे आयाेजना गरिएकाे ताताेपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चाैलागाँइले बताए । उनका अनुसार हुड्के नाँच,पञ्चेबाजा,मागल,ढाल नाँच लगायतका प्रस्तुती राखिने छ