
जुम्ला । नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य कर्णाली प्रदेशको मुगुमा अबस्थित रारा ताल छेउमा रारा चलचित्र पर्यटन जलवायू समिट सम्पन्न भएको छ । रारा तालमा पर्यटक आर्कषित गर्नुका साथै चिलचित्रको छायाँकन गन्तव्य बनाउने उदेश्यले आयोजित समिट सम्पन्न भएको हो । कर्णालीको प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधतालाई विश्वमाझ चिनाउने अभियान बोकेको जलवायू समिटले राराको पर्यटन प्रर्बद्धनमा टेवा पुराउने विश्वास गरिएको छ ।
चलचित्र विकास बोर्डको सहकार्यमा आयोजित यो महोत्सवमा बोर्डका अध्यक्ष दिनेश डीसी, निर्देशक दीपाश्री निरौला र अभिनेता प्रदीप खड्का सहभागी भएका थिए । पर्यटन प्रर्बद्धन मार्फत कर्णालीको आर्थिक समृद्धी गर्ने उदेश्य सहित चलचित्र विकास बोर्डले नेपाल सांस्कृतिक र प्राकृतिक सुन्दरता तथा सम्भावनालाई रारामा समिट गरिएको चलचित्र बोर्डका अध्यक्ष दिनेश डिसीले बताए ।
दीर्घकालीन नीति, पूर्वाधार विकास र प्रणालीगत सुधारका कदमहरूसँगै बोर्डले देशका विविध भौगोलिक र सांस्कृतिक क्षेत्रमा चलचित्रसँग जोड्न पहल भईरहेको उनको भनाई छ । मुगुको रारा तालको काखमा कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले कर्णालीको प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधतालाई विश्वमाझ चिनाउने अभियान बोकेको रारा छायाँनाथ नगरपालिकाका मेयर विष्णु कुमार भामले बताए । रारालाई चलचित्र छायाङ्कनको आकर्षक गन्तव्य बनाउने यो महोत्सवले कर्णालीको पर्यटन प्रवर्धनमा ठूलो योगदान पु¥याउने अपेक्षा गरिएको उल्लेख गरे ।
कर्णालीका पम्परागत भाषा,सांस्कृति,भेषभूषा तथा संस्कृतिको संरक्षण गर्न र पछिल्लो पुस्तालाई लोपउन्मुख सांस्कृति सम्पदा संरक्षणमा आर्कषित गर्न दस्तावेजीकरणमा समेत जोड दिईने बताइएको छ । नेपालको चलचित्र क्षेत्रलाई नयाँ उचाइमा पु¥याउने मात्र नभई कर्णालीका सांस्कृतिक तथा प्राकृतिक सम्भावनाहरुलाई अबसरमा बदल्न चलचित्र जलवायू समिटले राज्यको ध्यानर्कषण गर्ने नायिका दिपाश्री निरौलाले बताईन् ।
पहिलो पटक कर्णालीमा पुगेकी उनले भनिन,‘ नेतादेखि राज्यले सधै कर्णालीको गरिबी मात्रै देखाएका रहेछन् । यहाँको कृषि,पर्यटन,जडिबुटि,जलविद्युतमा लगानी गरे देशकै आर्थिक समृद्धीको सामथ्र्य कर्णालीमा छ । यी सम्भावनालाई चलचित्रका माध्यमबाट उजाँगर गर्नर पर्यटक भित्रयाउन हामीले अभियान चलाएका छौ ।’
रारामा पर्यटन प्रर्बद्धनको सम्भावना प्रचुर भएपनि कर्णाली राजमार्ग र नाग्म–गमगडी सडक स्तरोन्नति नहुँदा,रारामा उपयुक्त होटल बासको व्यवस्था नहुँदा र हवाई मार्ग मार्फत आउने पर्यटकले सहजै टिकट नपाउने जस्ता समस्याले रारामा लक्ष्यनुसार पर्यटक आउन नसकेको रारा राष्ट्यि निकुञ्जले जानकारी दिएको छ ।