जुम्लामा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन सम्बन्धी अन्तरक्रिया

जुम्ला । जुम्लामा सुर्तीजन्य पदार्थकाे नियन्त्रण तथा नियमन सम्बन्धि जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम सुरु भएकाे छ ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य करकोषका सचिवालयकाे आयाेजना तथा सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश, जनस्वास्थ्य सेवा कार्यालय जुम्ला र स्वास्थ्य सेवा कार्यालय कालिकोटकाे संयाेजनमा अन्तक्रिया सुरु भएकाे हाे ।

जुम्लाकाे कान्जिराेवा हाेटलमा संचालित अन्तरक्रियामा कालिकाेट र जुम्लाका स्वास्थ्य संग सम्बन्धित व्यक्ति तथा पत्रकारहरुकाे बाक्लाे सहभागिता रहेकाे छ ।

अन्तरक्रियामा विषय विशषज्ञहरुले सहभागीहरु माझ प्रस्तुतीकरण गरिरहेका छन् ।

प्रकाशित मिति : २०८२ बैशाख २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस