
जुम्ला । विश्व रेडक्रस दिवसकाे अबसरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारथ विरामीलाई फलफूल बाडिएकाे छ ।
विश्वभर मे ८ ( वैशाख २५ ) गतेका दिन मानवताको पक्षमा भन्ने नाराका साथ विश्व रेडक्रस दिवस मनाईएको छ।
रेडक्रसका जन्मदाता जँ हेनरी ड्युनाको सम्झनामा दिवसका अबसरमा शुभकामना आदान प्रदानसंगै विरामीलाई फलफूल वितरण गरिएकाे रेडक्रसद्वारा संचालित सुपर परियोजनाका जिल्ला परियोजना अधिकृत इश्वरा सुवेदीले बताईन्।
सोहि अवसरमा नेपाल रेडक्रस सोसाइटी जुम्ला शाखाले सोसाईटीका जन्मदाता जँ हेनरी ड्युनाको तस्विरमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा जुम्लाका का.वा सभापति जगदीश चौलागाईले माला अर्पण समेत गरिएकाे थियाे ।
भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ७२ जना बिरामीहरुलाई फलफूल वितरण गरिएकाे छ ।
प्रकाशित मिति : २०८२ बैशाख २७ गते शुक्रवार