दुर्गम सुढीगाउँकी रामकाैरी रावतलाई मृत्यु दावी भुक्तानी

जुम्ला । हिमालयन लाइफ बिमा कम्पनी शाखा कार्यलय जुम्लाले तिला गाउँपालिका वडा नं ६ निवासी रामकाैरी रावतलाई बीमा दाबी भुक्तानी गरेकाे छ । कम्पन्नीकाे सावधिक बीमा याेजना अन्तर्गत रामकाैरीका श्रीमान गाेर्ख बहादुर रावतले बीमा १५ वर्षे बीमा गरेका थिए ।

बिमित रावतकाे २०८१ साल माघ ४ गते मृत्यु भएपछि बीमाकाे क्षतिपुर्ति रकम उनकी श्रीमती रामकाैरालाई हस्तान्तरण गरिएकाे हाे ।

यहि वैशाख २४ गते तिला गाउँपालिका उपाध्यक्ष गाेरीकला बुढा हिमालयन लाइफ बिमा कम्पनी शाखा कार्यलय जुम्लाका प्रमुख लक्ष्मीकान्त पाण्डेले संयुक्त रुपमा बीमा दाबी भुक्तानी चेक हस्तान्तण गरे ।

मृत्तक रावतले बीमा कम्पन्नीमा अगष्ट-४ तारिख २०२४ मा १५ वर्षे अवधिकाे ५ लाखकाे जीवन बीमा गरेका थिए । बीमाकाे एकमात्र किस्ता तिरेकाे प्रिमियम रकम ३३ हजार ४०४ रुपैया मात्रै बुझाएका थिए ।

तर बिमित गाेर्ख बहादुर रावतकाे २०८१ साल माघ १४ गते दुखद निधन भएलगत्तै बिमितका आफन्तलाई राहत दिने प्रक्रिया थालेकाे बीमा कम्पन्नीका प्रमुख पाण्डेले जानकारी दिए ।

उनका अनुसार मृत्तककी श्रीमती रामकाैरी रावतलाई ५ लाख १९ हजार ५ सय रुपैयाकाे चेक दिईएकाे छ । दाबी भुक्तानिका लागि गत चैत २४ गते कार्यालयमा निवेदन पेस भएकाे र सबै प्रक्रिया पुरा गरी वैशाख २४ गते क्षतिपुर्ति रकम हस्तान्तरण गरिएकाे बीमा कम्पन्नीले जनाएकाे छ ।

श्रीमानकाे मृत्यु पछि एक्ली रामकाैरी रावत बीमाकाे राहत पाएसंगै घर चलाउन सहज हुने बताउँछन ।

प्रकाशित मिति : २०८२ बैशाख २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस