
जुम्ला । जुम्ला-रारा अल्ट्रा म्याराथनकाे छैटाैँ संस्करण सुरु भएकाे छ । ५१ किलाेमिटर दुरीकाे जुम्ला-रारा अल्ट्रा म्याराथन सुरु भएकाे हाे । ५१ किमी,१० किमी र ५ किमी गरि तीन विद्या तर्फ म्याराथन प्रतियाेगिता भएकाे कर्णाली स्पाेर्ट क्लबका अध्यक्ष सराेज शाहीले बताए ।
छैटाै संस्करणकाे म्याराथनमा देश विदेशका गरि ५ सय ९१ जना धावक सहभागी छन् । जस मध्य सबैभन्दा बढी १० किलाेमिटर दुरीमा ३५५ जना धावक सहभागी भएका छन् । भने सबैभन्दा लामाे दुरी ५१ किलाेमिटर तर्फ ७४ जना धावक सहभागी रहेका छन् । त्यसै गरि ५ किलाेमिटर तर्फ १५५ जना गरि कूल ५९१ जना धावक सहभागी रहेकाे आयाेजक संस्था कर्णाली स्पाेर्ट क्लबले जानकारी दिएकाे छ ।
खेलकूदका माध्यमबाट जुम्लालाई अन्तराष्टि्य जगतमा चिनाउन जुम्ला-रारा अल्ट्राम्यारथन काेशेढुंगा सावित हुने अपेक्षा गरिएकाे छ ।
कर्णालीका हिमाल पहाडलाईलाई साहसिक खेल पर्यटनका रुपमा विकास गर्न र खेलकै माध्यमबाट कर्णालीलाई विश्वसामु चिनाउने जुम्ला-रारा म्याराथनकाे लक्ष्य रहेकाे कर्णाली स्पाेर्ट क्लबका अध्यक्ष शाहीले उल्लेख गरे ।
नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारा ताल,एतिहासिक जुम्लाकाे पर्यटन प्रर्बद्वन गर्न म्याराथनले टेवा पुराएकाे छ । ५१ किमी दुरिका धावक दाैडिरहेका छन् । १० किमी र ५ किमी दुरिकाे प्रतियाेगितामा उत्कृष्ट स्थान हासिल गर्ने धावकलाई पुरस्कार वितरण केहीबेरमा गरिने समेत आयाेजकले जानकारी दिएकाे छ