चन्दननाथमा आठ दिने मेलमिलाप सम्बन्धि आधारभूत तालिम सुरु

जुम्ला । चन्दननाथ नगरपालिकामा मेलमिलाप सम्बन्धि आठ दिनकाे आधारभूत तालिम सुरु भएकाे छ । वडातहका मेलमिलाप केन्द्रका प्रतिनिधिकाे क्षामता विकास गर्ने र न्याय निरुपणलाई प्रभावकारी बनाउन तालिमकाे आयाेजना गरिएकाे हाे ।

चन्दननाथ नगरपालिकाका उपप्रमुख रामदेवी खड्काले आठ दिने तालिमकाे उद्घाटन गरेकी छन् । तालिमकाे उद्घाटन गर्दै उपप्रमुख खड्काले न्यायिक समितिका कार्यसम्पादनलाई प्रभावकारी बनाउन तालिमकाे आयाेजना गरिएकाे बताईन् ।

आठ दिन सम्म संचालन हुने तालिममा नगरभित्रका १० वटै वडाबाट सहभागी छन् । उपमेयर खड्काले भनिन,’वडा तहमा रहेका मेलमिलाप केन्द्रका पदाधिकारीकाे क्षामता विकास गरी न्याय सम्पादन थप सहज बनाउने लक्ष्य छ । कुनै विवाद हुने बित्तिकै गुनासा,निवदेन पर्ने भनेकै वडामा हाे । वडातहकाे न्यायीक संरचना बलियाे बनाएपछि पिडितले न्याय पाउने र कार्यसम्पादन पनि प्रभावकारी हुने हाम्राे अपेक्षा छ ।’

त्यस्तै चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर बुढ्थापाले न्यायीक समितिकाे चालू आवमा विनियाेजित कार्यक्रम अनुसार तालिम संचालन गरिएकाे उल्लेख गरे । आठदिन सम्म सिकेकाे सीप ज्ञानलाई व्यवहारमा लागू गरि गाउँका सबै नागरिकलाई न्यायीक सेवा प्रदान गर्न समेत अनुराेध गरे ।

अधिवक्ता डिल बहादुर महतले वडा तह र पालिकामा न्यायीक समितिकाे संरचना छुट्टै भएकाे उनिहरुकाे क्षामता विकास का लागि यस्ता तालिम अत्याआबश्यक रहेकाे बताए ।

नगरपालिकाले न्याय सम्पादनमा देखिएका कठिनाईले मध्यनजर गर्दै संचालन भएकाे तालिमले वडातहमा काम गर्ने मेलमिलाप केन्द्रका पदाधिकारीलाई सहज हुने उल्लेख गरे ।
आठ दिनेतालिम चन्दननाथ नगरपालिका न्यायीक समितिकाे सहयाेग र मानव अधिकार तथा ग्रामिण विकास केन्द्र सुर्खेतकाे सहजीकरणमा संचालन भएकाे हाे ।

आठ दिन सम्म संचालन हुने तालिममा न्यायीक समितिका काम कर्तव्य,अधिकार तथा न्याय सम्पादनका विभिन्न पक्षमा छलफल गरिने छ ।

प्रकाशित मिति : २०८२ बैशाख २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस