जुम्लामा भ्यान दुर्घटना हुदा दुई जना घाइते

जुम्ला – कर्णाली राजमार्गको नाग्म–रारालिहि सडक खण्डमा भ्यान दुघर्टना हुदा दुई जना घाइते भएका छन् । तिला गाउँपालिका – १ गाडगुडेनीमा क १ ज ३७ नम्बरको भ्यान दुर्घटना हुँदा चालकसहित दुई जना घाइते भएका हुन् । घाइते हुनेमा चालक २०

वर्षीय दिनेश नेपाली र हिमा गाउँपालिका – ६ महावैपाथरखोलाका ५५ वर्षीय धनराज अधिकारी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक रोहित रसाईलीका अनुसार घाइते चालक नेपाली र अधिकारीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भई रहेको छ । भ्यान सडक देखि दुई सय मिटर तल नदिमा खसेको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस