जुम्ला । प्रेस यूनियनकाे स्थापना दिवसका अबसरमा जुम्लामा पत्रकारहरुकाे स्वास्थ्य जाँच तथा मनाेपरामर्श सेवा दिईएकाे छ । प्रेस यूनियनकाे ३४ औ स्थापना दिवसका अबसरमा प्रेस यूनियन जुम्ला शाखाद्वारा पत्रकारहरुकाे स्वास्थ्य जाँच तथा मनाेपरामर्श सेवा दिईएकाे हाे ।
नेपाल पत्रकार महासंंघ शाखाकाे सभाहलमा आयाेजित कार्यक्रममा जुम्लाका २० जना पत्रकारले स्वास्थ्य जाँच गराएका छन् । जस मध्य ३ जना महिला र १७ जना पुरुष रहेका छन् ।
भने कार्यक्रममा उपस्थित सबै पत्रकारहरुलाई मनाेपरामर्शदाता नन्दराज आर्चायले तनाव व्यवस्थाबारे विस्तृत जानकारी गराए । उनले रिपोर्टिङका क्रममा थुप्रै विषयकाे तनाव हुने भएकाेले उक्त तनाव व्यवस्थापन गरि जनतालाई सुसुचित गराउने विषयमा प्रशिक्षण दिएका थिए । भने केही पत्रकारलाइ व्यक्तिगत रुपमा पनि मनाेपरामर्श सेवा दिए ।
२० जना पत्रकारकाे सुगर तथा प्रेसर जाँच गरिएकाेमा सबैकाे सामान्य देखिएकाे छ । प्रेस यूनियनका अध्यक्ष प्रकाश उपाध्यायले पत्रकारहरु धेरै विषयमा चासाे राख्ने हरेक तवरले नचाहेर पनि तनाव लिनु पर्ने भएकाेले स्थापना दिवसका अबसरमा मनाेपरामर्श सेवा दिईएकाे बताए । उनका अनुसार देशभर विभिन्न कार्यक्रम गरि मनाईरहेकाे अवस्थामा जुम्लामा समय सुहाउदाे अत्याआबश्यक विषयकाे कार्यक्रम सम्पन्न गरिएकाे हाे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका निवर्तमान काेषाध्यक्ष कलेन्द्र सेजुवालले जुम्लामा पत्रकारहरुाे हितका लागि सांगठनिक विचार भन्दा माथि उठेर गरिएकाे एकता भाव देखेर खुसी लागेकाे बताए । स्थापना दिवसमा देशभरीमध्य पत्रकारलाई मनाेपरामर्श सेवा दिएर पृथक काम गरेकाेमा धन्यबाद दिए ।
त्यसैगरी नेपाल पत्रकार महासंघका अध्यक्ष पूर्ण प्रसाद चाैलागाँईले विचारका हिसाबले संगठन फरक फरक भएपनि पत्रकारका हितमा काम गर्दै सधै एक हुनु पर्नेमा जाेड दिए ।
साथै नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष नेत्र बहादुर शाही,प्रेस चाैतारिका अध्यक्ष मानदत्त रावल,प्रेस यूनियन जुम्लाका संस्थापक अध्यक्ष हंशराज न्याैपाने,पत्रकार महासंघका सल्लाहकार महेश नेपालीले स्थापना दिवसकाे शुभकामना व्यक्त गरेका छन्



