हिमा गाउँपालिकामा महिनावारी स्वच्छता दिवस विभिन्न कार्यक्रम गरी मनाईयाे

जुम्ला । महिनावारी स्वच्छता दिवस जुम्लाकाे हिमा गाउँपालिकामा विभिन्न कार्यक्रम गरि मनाईएकाे छ ।समाजमा रहेकाे महिनावारी विभेद न्युनिकरण गर्न तथा नागरिकलाई सचेत बनाउन विभिन्न सचेतना मुलक कार्यक्रम आयाेजना गरि हिमामा महिनावारी स्वच्छता दिवस मनाईएकाे हाे ।

हिमा गाउँपालिका सुस्वा परियाेजनाका वास संयाेजक सुमिता शाहीका अनुसार दिवसकाे अबसरमा र्याली,सडक नाटक प्रर्दशन,वक्तित्वकला प्रतियाेगिता लगायतका कार्यक्रम गरिएकाे छ ।

हिमा-३ माेफ्ला स्थित राहदेव माध्यमिक विद्यालयमा आयाेजित मर्यादित महिनावारी विशेष वक्तित्वकला प्रतियाेगिता गरिएकाे हाे । जसमा प्रथम अबिजेल परियार,द्वित्तिय बिस्मता रोकाया,तृतीय बिकास रोकाया र सान्त्वना रेखा रोकाया भएकी छन् ।


हिमाले खानेपानी,सरसफाई तथा सामाजिक विकासका क्षेत्रमा अब्बल काम गर्दै आएकाे छ । महिनावारी स्वच्छता दिवस जिल्लामा कुनै पालिकाले नमनाउँदा पनि हिमामा भव्य कार्यक्रम गरि मनाईएकाे छ ।

कार्यक्रम हिमा गाउँपालिकामा संचालित सुस्वा आयोजना , पेस नेपाल जुम्ला, स्वास्थ शाखाको सयुक्त साझेदारीमा संचालन गरिएकाे हाे

प्रकाशित मिति : २०८२ जेष्ठ १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस