जुम्लामा हाईअल्टीच्यूट टेर्निङ सेन्टर निर्माण गरिने

जग्गा विवादले अलपत्र परेको पातारासी ३ स्थित ट्रेनिङ सेन्टरको खेल मैदान । तस्बिरः कर्णाली मिसन ।

जुम्ला । जुम्लामा हाईअल्टीच्युट टेर्निङ सेन्टर निर्माण गरिने भएको छ । आगामी आर्थिक वर्ष २०८२÷८३ मा जुम्लामा हाईअल्टीच्युट टेर्निङ सेन्टर गरिने भएको हो । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जुम्लामा हाईअल्टीच्युट टेर्निङ सेन्टर निर्माण गर्न बजेट व्यवस्थापन गरिएको बताए ।

यदपी, ठोस बजेट भने उल्लेख गरेनन् । यदपी चालु आवमा जुम्लामा हाईअल्टीच्युट टेर्निङ सेन्टर निर्माणका लागि विनियोजन गरिएको बजेट खर्च हुन सकेको छैन् । जग्गा विवादले टेर्निङ सेन्टर निर्माण अन्यौलमा छ । यूवा तथा खेलकूद मन्त्रालयका लागि कूल ६ अर्ब ८ करोड बजेट विनियोजन गरिएको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस