तातोपानीमा शिक्षा संवादः सामुदायिक विद्यालयको शैक्षिक तथा भौतिक अबस्था सुधारमा जोड

शैक्षिक संवादमा सहभागी सरोकारवाला । तस्बिरः कर्णाली मिसन

जुम्ला । तातोपानी गाउँपालिकाका सामुदायिक विद्यालयले पूर्वाधार अभाव झेलिरहेको पाइएको छ । तातोपानीमा रहेका २९ वटा सामुादायिक विद्यालय मध्य अधिकांश विद्यालयले शौचालय,खानेपानी, मैत्रीपूर्ण कक्षा कोठा लगायतको पूर्वाधारको अभाव भोगी रहेको पाइएको हो ।

शिक्षा पत्रकार समुह कर्णाली प्रदेशको टोलीले तातोपानीका ६ वटा विद्यालयमा गरेको स्थलगत अनुगमन अनुसार दिवा खाजा प्रर्बद्धन,छापामय विद्यालय, शैक्षिक गुणस्तरमा गम्भीरता देखिएपनि पूर्वाधार अभाव झेलिरहेको भेटिएको हो ।
शनिवार सहयात्रा तेस्रो परियोजना अन्तरर्गत तातोपानी गाउँपालिका,किर्डाक नेपाल,सेभ द चिल्डे«नको सहयोग तथा शिक्षा पत्रकार समुहका सहजीकरणमा ‘शिक्षा संवाद कार्यक्रम’ संचालन गरिएको छ ।

स्थानीय सरकार संचालन पछि हरेक विद्यालयमा पूर्वाधार निर्माण धमाधम भईरहेको तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईले बताए । सवांदको प्रमुख बक्ताका रुपमा रहेका अध्यक्ष चौलागाईले विद्यार्थीका लागि बसाईनै असहज हुने गरी पालिकाका कुनै पनि विद्यालयमा पूर्वाधारको अभाव नरहेको समेत दाबी गरे ।

अध्यक्ष चौलागाँई भन्छन,‘पालिकाको स्रोत र साधनले धाने जत्ति हामीले शिक्षामा लगानी गरिरहेका छौ । २९ वटै सामुदायिक विद्यालयमा आबश्यक पूर्वाधार बनेका छन् । सिमित स्रोत साधनका कारण माग गरेनुसारका सबै संरचना निर्माण गर्न एकै चोटी गर्न सम्भव छैन् । तर समस्या ग्रष्त विद्यालयमा विशेष प्रथामिकताका साथ पूर्वाधार बन्छन् ।’

विद्यालयको शैक्षिक,भौतिक तथा प्रशासनिक क्षेत्र सुधारका नियमित अनुगमन,निरिक्षण तथा सुझाव दिन काम गरिरहेका छौ । विगतमा जनताले पैसा उठाएर शिक्षक पाल्नु पर्ने स्थिती थियो । तर अहिले पालिकाका कुनै पनि विद्यालयमा अभिभावकले पैसा उठाएर शिक्षक पाल्नु पर्ने अबस्थाको अन्त्य गरिएको अध्यक्ष चौलागाँईको भनाई छ । हाल तातोपानीमा विद्यार्थीको संख्या चार हजार आठ सय बढी रहेका छन् ।

दरबन्दी मिलान,विद्यार्थीका टाउको गन्ने जस्ता थुप्रै अभ्यास गरेर शिक्षा क्षेत्रमा भईरहेको लाखौ आर्थिक अनियमितता समेत रोकिएको अध्यक्षको दाबी छ । यदपी सधै पालिकाको मुख ताक्ने र स्थानीयले कुनै पनि चासो नदिने प्रबृत्तिले काम गर्न समस्या रहेको छ ।


केही विद्यालयका विव्यस समितिले राम्रै काम गरेको भेटिए पनि अधिकांश विव्यस समितिहरु योजनाको उपभोक्ता समितिमा बस्ने मोहमा लिप्त रहेको समेत खुलासा गरे । साथै शिक्षक विद्यार्थीको अनुपातलाई हेरेर चाडै विद्यालय मिलन(मर्ज) गरिने उल्लेख गरे ।

जनजागृती मावि बारागाउँका प्रधानाध्यापक अमर बहादुर रावतले एक प्रधानाध्यापकले मात्रै चाहेर विद्यालय सुधार सम्भव नरहेको बताए । विद्यालयमा खेलमैदान,खानेपानी,मैत्रीपूर्ण शौचालय लगायतका अभाव अधिकांश विद्यालयले झेलिरहेको उल्लेख गरे । उचित वाताबरण नभएको खण्डमा अपेक्षाकृत शैक्षिक गुणस्तर हासिल गर्न सम्भव नरहेकाले शैक्षिक पूर्वाधार निर्माणमा ध्यान दिनुपर्नेमा जोड दिए । शिक्षक काली बहादुर शाहीले दुर्गमका विद्यालयमा घेराबार लगायतका पूर्वाधार नहुँदा समस्या रहेको बताए ।

दुर्गा माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आदी प्रसाद न्यौपानले विगतको तुलानमा तातोपानीका सामुदायिक विद्यालयमा आधारभूत पूर्वाधार निर्माण भएको बताए । विद्यालयको सुधारका लागि पालिकाको एकल लगानीमा मात्रै विद्यालयको सुधार सम्भव नरहेको उल्लेख गरे ।

पत्रकार कलेन्द्र सेजुवालले संचालन गरेको शिक्षा संवादमा सहभागी शिक्षक,विव्यस अध्यक्ष तथा अन्य सरोकारवालाले विगतको तुलानमा शैक्षिक क्षेत्र सुधार हुदैँ गएको र अझै पूर्वाधार संगै गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड दिए । कार्यक्रमका पालिकाका स्थानीय,शिक्षा संग सरोकार राख्ने निकाय तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८२ जेष्ठ १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस