जुम्ला – चन्दननाथ नगरपालिका जुम्ला कर्णाली प्रदेशको शिक्षामा उत्कृष्ट पालिका घोषित भएको छ । शिक्षा विद् प्रा.डा विद्यानाथ कोइरालाको संयोजकत्वमा गठित समितिले कर्णाली प्रदेशमा चन्दननाथ नगरपालिका उत्कृष्ट घोषित भएको हो ।
स्थानीय पाठ्यक्रम एवम् पाठ्यपुस्तक, १० बर्षे स्थानीय शिक्षा योजना, शैक्षिक उपलव्धी, प्रभावकारी शैक्षिक व्यवस्थापन लगायतका २५ वटा शैक्षिक मापदण्डका आधारमा मूल्यांकन गरी कर्णाली प्रदेशमा समितिले उत्कृष्ट घोषणा गरेको शिक्षा शाखा प्रमुख खडानन्द चौलागाईले बताए ।
उनले भने, पोखरामा आयोजित कार्यक्रममा मेयर राजुसिंह कठायतले उत्कृष्ट सम्मान थाप्नु भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त र समितिका सभापति अम्मर बहादुर थापाले सम्मान प्रदान गर्नु भएको हो । यसले शिक्षा क्षेत्रमा थप उर्जा हासिल गरेको छ । सामुदायिक विद्यालयका प्रधानाध्यापक संघ नेपालले पोखरामा आयोजित कार्यक्रममा सम्मान प्रदान गरेको हो ।



