मुगु । अविरल वर्षा संगै चट्याङ लागेर मुगुमा एकै किसानका १४ बाख्रा मरेका छन् ।विहिबार दिउँसाे चट्याङ लागेर छायाँनाथ रारा नगरपालिका वडा नं ८ झ्यारी गाउँका किसान देवचन्द्र रावलका १४ वटा बाख्रा मरेका हुन् । भने चार वटा बाख्रा घाईते भएका छन् ।
एकै साथ १४ बाख्रा मरेपछि देवचन्द्रले बाख्रा पालनबाट विस्तापित हुनु परेकाे छ । उनले नगरपालिका लगायत अन्य निकायबाट राहत पाए फेरि बाख्रा पालन गर्ने बताएका छन्।
तीन घण्टा लामाे भएकाे भारी वर्षापछि आएकाे बाढीले साेही गाउँकी बासुरुपा रावलकाे घर भत्कीएकाे छ ।
भने झ्यारी गाउँका अन्य धेरैजसाे घरभित्रै बाढी(भल) पसेकाे छ । स्थानीय बासुरुपाका अनुसार भत्कीएपछि परिवारकाे विचल्ली भएकाे छ । भने गाउँले विस्तापित भएका छन् । एकै
२०७९ असोज महिनाको २४ र २५ गते आएको अविरल वर्षाले झ्यारी गाउँमा ठूलो क्षति पुर्याएको थियो।
झ्यारी गाउँमा त्यहाँ माथि नजिकैको बाम्नेचौरमा बस्दै आएका स्थानीयभारी वर्षात हुन लागेसंगै चिन्तामा परेका छन् । २०७९ कै बाढीले चर्किएकै घरमा बस्नुपर्ने बाध्यता खेपीरहेका स्थानीय जाेखिम माेलेर अहिले बस्न बाध्य रहेकाे स्थानीय असल रावलले बताए ।
वर्षापछिकाे बाढीले पाक्दै गरेको जौ गहुँ बालीमा पनि क्षति पुगेकाे छ । घटनाकाे एकिन विवरण आउन भने बाँकि रहेकाे छ ।
रारा छायानाँथ नगरपालिकाका मेयर विष्णु कुमार भामले प्रहरी पठाएर घटनाकाे मुचुल्का गर्न लगाएकाे बताए । क्षतिकाे विवरणनुसार किसानकाे राहत र पुर्नस्थापनाका लागि नगरपालिकाबाट उचित राहत प्रदान गरिने मेयर भामकाे भनाई छ ।



