सुक्खा पहिराेले कर्णाली राजमार्ग अबरुद्ध

जुम्ला । सुक्खा पहिराे खस्दा कर्णाली राजमार्ग अबरुद्ध भएकाे छ । कर्णाली राजमार्ग अन्तर्गत नाग्मा-जुम्ला खण्डकाे राँकामा सुक्खा पहिराे खसेपछि सडक अबरुद्ध भएकाे हाे ।

ठुला ढुंगा र माटाे सहितकाे सुक्खा पहिराेले सडक पूर्ण रुपमा बन्द भएकाे छ । दुबै तर्फका सवारी जाममा परेका छन् ।

पहिराे पन्छाउन आबश्यक जनशक्ति सहित मेसिन पहिराे गएकाे क्षेत्रमा पठाईएकाे सडक डिभिजन जुम्लाका प्रमुख दिपेन्द्र चाैधरीले बताए । वर्षाकाे सिजन भएकाेले सडककाे अबस्था बुझेर मात्रै यात्रा गर्न सडक डिभिजनले अनुराेध गरेकाे छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ ३२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस