सुनचाँदी व्यवसायी संघ जुम्लाकाे अध्यक्षमा राजु गहतराज र महासचिवमा ज्ञान बहादुर सुनार चयन

जुम्ला । सुनचाँदी व्यवसायी संघ जुम्लाको प्रथम साधारण सभाबाट नयाँ कार्यसमिति चयन गरिएकाे छ । शनिवार सम्पन्न संघकाे प्रथम साधारणसभाबाट राज गहतराजकाे नेतृत्वमा सुनचाँदी व्यवसायी संघ जुम्लाकाे नयाँ कार्यसमिति चयन गरिएकाे हाे । अध्यक्षकाे जिम्मेवारी पाउँदा महासचिवमा ज्ञान बहादुर विक चयन भएका छन् ।

त्यस्तै उपाध्यक्षमा काले सुनार, काेषाध्यक्षमा शुकबिर सुनार, सचिवमा राेशल सुनार लाई चयन गरेकाे छ ।सदस्यतर्फ दिनेश सुनार, गाेमनसिंह सुनार, धनरासी सुनार र विशाल सुनार गरि ११ सदस्यीय नेपाल सुनचाँदी व्यवसायी जुम्लाको जिल्ला कार्य समिति जुम्ला चयन गरेकाे छ ।

सुनचाँदी व्यवसायी जुम्ला महासचिव ज्ञान बहादुर बि.क ले  व्यवसायीहरूको कच्चा पदार्थको रूपमा रहेको सुनको आयत कम रहेकाले आयतको मात्र बढाउन सरकारसँग अपिल गरे ।

बाटाे बाटाेमा चेकिङ्ले गर्दा सुनका लागि आवश्यकता पर्ने तेजाब ल्याउनका लागि लुकिछि गर्नु पर्ने बाध्यता रहेकाे उनकाे उल्लेख गरे ।

सुनचाँदी व्यवसायमा नयाँ यूवाकाे आर्कषण बढेकाे र तालिम नपाउँदा समस्या भएकाे छ । तालिमकाे व्यवस्थापन गरिनदिन समेत माग गरेका छन् ।

नयाँ कार्यसमितिले विभिन्न चुनाैतीका बीच जिल्लामा व्यवसाय गरिरहेका सुनचाँदी व्यवसायीहरुकाे हितका लागि काम गर्ने बताएकाे छ ।

भने जिल्ला समन्वय समितिका प्रमुख गाैरीनन्द आर्चायले सुनचाँदी व्यवसायीका समस्या समधान तथा क्षामता विकासमा सराेकारवालाले जाेेड दिनु पर्ने बताएका छन् ।

प्रकाशित मिति : २०८२ असार २ गते आइतवार
प्रतिक्रिया दिनुहोस