सार्वजनिक शिक्षा सुधारमा गैरसरकारी संस्थाको प्रयास र चुनौती

जुम्ला । सार्वजानिक शिक्षा सुधारका निम्ति सरकारले अर्वाै बजेट खर्च गरिरहेकाे छ । तर अपेक्षित रुपमा शिक्षा क्षेत्रकाे सुधार हुन नसकेकाे गुनासाहरु यथावत छन् । शिक्षा क्षेत्रमा सरकारी निकाय जत्तीकै विकास साझेदार संघ संस्थाहरु पनि लगानी गरिरहेकै छन् ।

बालमैत्री वातावरण निर्माणदेखि,शिक्षक क्षामता विकास,पूर्वाधार निर्माणमा गैससकाे लगानी बढीरहेकै छ ।
तर पनि सामुदायिक विद्यालयकाे शिक्षा शिक्षण विधिबाट नागरिक सन्तुष्ट छैनन् ।

शिक्षा सम्बन्धि बहस तथा अन्तरक्रियाहरुमा यति धेरै लगानी हुँदा हुँदै पनि शिक्षा क्षेत्र सुधार हुन नसकेकाे गुनासाहरु ब्याप्त आउँँछन। जसले गर्दा तीनै तहका सरकार र विकास साझेदार निकायलाई तथ्यमा काम गर्नु पर्ने कुराकाे बाेध भईरहेकाे छ ।

सार्वजनिक शिक्षा सुधारका लागि गैरसरकारी संस्थाले गरेका पहल र चुनाैतीबारे निम्ननुसार संक्षिप्त विश्लेषण गरेकाे छु ।
सार्वजनिक शिक्षा सुधार नहुनमा कमजोर विद्यालय भवन, तालिम प्राप्त शिक्षकहरूको अभाव, सीमित सिकाइ सामग्री र शिक्षकहरूको राजनीतिक सहभागीताले शिक्षा प्रणालीलाई कमजोर बनाउँछ।

गरिबी र कमजोर विद्यालय व्यवस्थापनले विद्यार्थीहरूको सिकाइ र विद्यालय उपस्थितिमा पनि असर गरेको छ । अझै पछिल्लो समय वच्चा कम जन्माउने र अध्ययनको शिलशिलामा देशवाहिर जाने चलनले अवको केहि वर्षमा धैरै विद्यालयहरु मर्च गर्नु पर्ने अवस्था समेत नआउला भन्न सकिदैन ।
यदपी सरकारी र गैसरकारी क्षेत्रले सार्वजनिक शिक्षा सुधारका लागि सप्टवयर तथा हाडवयरका क्षेत्रमा करोड लगानी गरिरहेका छन् ।

गैरसरकारी संस्थाहरूको पहल
सामुदायिक विद्यालयकाे शैक्षिक अबस्था सुधारका लागि जुम्लामा रहेकाे विभिन्न गैरसरकारी संस्थाहरुले कराेडाै खर्चेर कक्षाकोठा निमार्ण,पुर्ननिमाण, डेस्क, सिकाई मुलक किताब दराज, पढाई कुना, सफा पिउने पानीको सुविधा र महिनावारी आराम कक्ष, समावेशि शौचालय निर्माण, शैक्षिक सामग्री र शिक्षक तालिम पनि प्रदान ।

गिन स्कुल अवधारणा,विद्यालय प्रशासन सुधार गर्न र सिकाइलाई अझ बालमैत्री बनाउन विद्यालय व्यवस्थापन समितिहरू (SMCs), अभिभावक–शिक्षक संघहरू (PTAs), र बाल क्लबहरू गठन र सुदृढीकरण गर्न मद्दत गरेका छन ।

गैसरकारी क्षेत्रले सार्वजनिक शिक्षा सुधारका लागि सप्टवयर तथा हाडवयरका क्षेत्रमा कराेड लगानी गरिरहेका छन् । त्यसकाे दिगाे व्यवस्थापन,राम्रा कामकाे निरन्तरता दिन स्थानीय सरकार गम्भीर हुनुपर्छ । अन्यथा सार्वजनिक शिक्षा सुधारकाे विषय चुनाैती पूर्ण छ । याेजनाबद्व रुपमा काम गरे शिक्षा क्षेत्र सुधार असम्भव पनि छैन् ।

यी प्रयासहरूले अभिभावकहरूलाई आफ्ना बालबालिकाहरू, विशेष गरी बालिकाहरू र सीमान्तकृत बालबालिकाहरूलाई विद्यालय पठाउन प्रोत्साहित गरेका छन्।

अन्य महत्त्वपूर्ण सहयोगमा छात्रवृत्ति, दिवा खाजा कार्यक्रमहरू, र बाल श्रम र बाल विवाह विरुद्ध सचेतनामुलक अभियानहरू समावेश छन्। केही गैरसरकारी संस्थाहरूले स्थानीय भाषा र संस्कृतिहरूको सम्मान गर्न डिजिटल सिकाइ उपकरणहरू, जीवन उपयोगी सीप तालिम, र स्थानीयकृत पाठ्यक्रमहरू समेत सहकार्य गरेका छन ।

यद्यपि, धेरै चुनौतीहरू अझै बाँकी छन्। कमजोर सडक पहुँच, कमजोर इन्टरनेट, शिक्षक अभाव र ढिलो सरकारी समन्वय , गरिबी, परम्परागत विश्वास र मौसमी बसाइँसराइ जस्ता सामाजिक अवरोधहरूले पनि विद्यार्थीको अवधारणा र सहभागितालाई असर गरेको छ ।

जुम्लाको सार्वजनीक शिक्षामा दिगो सुधारको लागि, निरन्तर स्थानीय प्रतिबद्धता, स्रोतहरूको उचित प्रयोग, पारदर्शिता र जवाफदेहिता सहितको दीर्घकालीन सहयोग आवश्यक छ ।

प्रकाशित मिति : २०८२ असार ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस