ताताेपानी गाउँपालिका पूर्णखाेप सुनिश्चितता घाेषणा,५८७ बालबालिकाले पाए पूर्णखाेप

जुम्ला । जुम्लाकाे ताताेपानी गाउँपालिका पूर्ण खाेप सुनिश्चितता घाेषणा गरिएकाे छ । विहिबार एक ओैपचारिक कार्यक्रमम बीच ताताेपानीलाई पूर्ण खाेप सुनिश्चितता तथा दिगाेपना पालिका घाेषणा गरिएकाे हाे ।

ताताेपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चाैलागाँईकाे सभाध्यक्षता र जिल्ला समन्वय समितिका प्रमुख तथा खाेप समन्वय समितिका प्रमुख गाैरीनन्द आर्चायकाे प्रमुख आतिथ्यतामा ताताेपानीलाई पूर्णखाेप सुनिश्चितता घाेषणा गरे ।

जन्मीदेखि १५ महिना मुनिका सबै बालबालिका, १६ देखि ५९ महिनामुनिका बालबालिकाले सबै प्रकारका खाेप पाएकाे सुनिश्चितता भएपछि पूर्णखाेप पालिका घाेषणा गरिएकाे ताताेपानी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गुरु प्रसाद चाैलागाँईले बताए ।

उनका अनुसार ताताेपानी गाउँपालिकाका आठ वटै वडाका सबै बालबालिकाले पूर्ण खाेप पाएका छन् । स्वास्थ्य शाखा संयाेजक चाैलागाँईले १६ महिनादेखि ५९ महिनासम्मका ५८७ जना बालबालिकाले पूर्णखाेप पाएका छन् । भने जन्मेदेखि १५ महिनाका २९१ जना बालबालिकाले पूर्णखाेप प्राप्त गरेका छन्। भने २८३ जना बालबालिकालाई खाेप कार्ड उपलब्ध गराईएकाे छ ।

पूर्णखाेप प्राप्त गरेका ५८७ जना बालबालिका मध्य वडा नं १ ४१ जना,वडा नं २ का ७३ जना,वडा नं २३ जना,वडा नं ४ का १२२ जना बालबालिकाले पूर्णखाेप पाएका छन् ।

त्यस्तै वडा नं ५ का २० जना, वडा नं ७ का सबैभन्दा बढी वडा नं ७ का १८३ र वडा नं ८ का ५४ जना गरि कूल ५८७ बालबालिकाले पूर्णखाेप प्राप्त गरेकाे स्वास्थ्य शाखा संयाेजक गुरु प्रसाद चाैलागाँईले जानकारी दिए ।

सामाजिक विकास समितिका संयाेजक छिरिङ महत देशका लागि दक्ष जनशक्ति उत्पादनका लागि खाेप अनिवार्य रहेकाे बताए । उनले भने,’बालबालिकाकाे शारिरिक,मानसिक रुपमा स्वस्थ रहनका लागि खाेप अनिवार्य छ । बालबालिकाालाई विभिन्न राेगसंग लड्ने राेग प्रतिराेधात्मक क्षामता विकास गर्नका लागि खाेप अनिवार्य लगाउनुपर्छ । घाेषणा कार्यान्वयनमा हामी गम्भीर हुनुपर्छ ।’

पूर्णखाेप सुनिश्चिता तथा दिगाेपना घाेषणाका लागि गाउँ गाउँमा पुगेर सबै बालबालिकालाई पूर्ण खाेपकाे पहुँचमा पुराउन भुमिका खेल्ने स्वास्थ्यकर्मी,महिला स्वयम् सेविका लगायत सबैलाई धन्यबाद समेत दिए ।

कार्यक्रममा ताताेपानी गाउँपालिका उपाध्यक्ष रेवती रावल,प्रमुख प्रशासकीय अधिकृत तीर्थ बहादुर कठायत,वडाध्यक्षहरु,महिला स्वास्थ्य स्वयमसेविका, स्वास्थ्य चाैकिका ईन्चार्ज लगायतकाे सहभागिता छ ।

प्रकाशित मिति : २०८२ असार ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस