जुम्ला । राष्टि्य स्वतन्त्र पार्टी जुम्लाले भिजिट भिसा प्रकरण र मानव तस्करीबारे उच्च स्तरीय छानबिन समिति गठन गर्न माग गरेकाे छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री समेत जाेडिएकाेले उच्चस्तरीय छानविन समिति गठन गर्नु पर्ने माग सहित रास्वपाले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएकाे छ ।
शुक्रबार राष्टि्य स्वतन्त्र पार्टीका जुम्ला संयाेजक मक्कर भण्डारीले उच्च स्तरीय छानविन समिति गठनकाे माग जुम्लाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
भिजिट भिसाका नाममा हजाराै नागरिकलाई अवैध रुपमा तस्करी गर्ने जस्ताे जघन्य अपराधमा संलग्न जाेसुकैलाई कानुनी दायरामा ल्याउन रास्वपाले सडक देखि सदनमा निरन्तर आवाज उठाउँदै आएकाे छ । साेहिनुसार देशभर प्रशासन मार्फत उच्चस्तरीय छानविन समिति गठन गर्ने सर्कुलरनुसार जुम्ला प्रशासनमा पनि ज्ञापनपत्र बुझाईएकाे संयाेजक भण्डारीले बताए ।
हालैका दिनहरूमा हजारौं नेपाली नागरिकहरू ‘भिजिट भिसाको नाममा अवैध रूपमा मानव तस्करीको शिकार बनिरहेका यथार्थहरू सार्वजनिक भइरहेका छन्।
अध्यागमन कार्यालय, ट्राभल एजेन्सी, म्यानपावर कम्पनी, केही कूटनीतिक नियोग तथा संगठित आपराधिक समूहहरूको संलग्नतामा युवाहरूलाई दुबई लगायतका मुलुकहरू हुँदै गैरकानुनी तरिकाले तेस्रो देशमा पुऱ्याउने जस्ता गतिविधिहरू नेपाली राज्यव्यवस्था, कानुनीशासन र मानवअधिकार माथिको गम्भीर प्रहार हो।
ज्ञापनपत्रमा भनिएकाे छ,’राष्ट्रिय स्वतन्त्र पार्टीले यो विषयलाई संसदमा बारम्बार उठाउँदै आएको छ र यसका समाधानका लागि प्रभावकारी पहल गर्न सरकारसँग माग गर्दै आएको छ। यसै सन्दर्भमा, हामी जिल्ला प्रशासन कार्यालय मार्फत् संघीय सरकारको ध्यानाकर्षण गराउँदै निम्न बुँदाहरूमा तत्काल पहल गर्न आग्रह गर्दछौं ।
मागहरु यसप्ररकार छन् ।
१. विगत केही वर्षहरुमा भिजिट भिसाको नाममा भएको मानव तस्करी र सांगठनिक अपराधमा सरकारी संयन्त्र, ट्राभल एजेन्सी, म्यानपावर कम्पनी, एयरलाइन्स र नेपाली तथा विदेशी नियोगहरूको संलग्नता भएको आशंका हुँदा यसको व्यापक र बहुआयामिक अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति गठन गरियोस् ।
२. छानबिन समितिको कार्यक्षेत्र (TOR), संरचना, व्यवस्थापन र अधिकार निर्धारण गर्न कार्यसम्पादन समिति एक दिनभित्र गठन गरी कार्यसम्पादन समितिले छानविन समिति गठन गरियोस् ।
३. छानविन प्रक्रियामा गृह मन्त्रालय मातहतका अध्यागमन विभाग, नेपाल प्रहरी, परराष्ट्र मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण र अन्य सरोकारवाला निकायहरूसँग प्रभावकारी समन्वय गर्दै छानबिन पारदर्शी, तथ्यमा आधारित र समयसीमाभित्र सम्पन्न हुने सुनिश्चित गर्न देहायका छानविन समिति कार्यहरूमा केन्द्रित गरियोस्:
क) नीतिगत ( एवं प्रणालीगत कमजोरीहरूको पहिचान र विश्लेषण (भिजिट भिसा, श्रम स्वीकृति, अध्यागमन, आदि)।
(ख) मानव तस्करी र संगठित अपराधसँग सम्बन्धित सरकारी कर्मचारी, ट्राभल एजेन्सी, म्यानपावर कम्पनी लगायत व्यक्ति तथा संस्थाहरुको भूमिकाको निष्पक्ष छानबिन, अवैध संजालमाथि अध्ययन र अनुसन्धान।
(ग) पीडितको संरक्षण र पीडितमैत्री पुनर्स्थापनाका लागि प्रशासनिक एवं न्याय प्रणालीबारे सुझाव ।
(घ) अन्तर-निकाय समन्वय र सहकार्यबारे सुधार सिफारिस । (
ङ) कानबिन समिति गठन, अनुसन्धान प्रक्रिया र अध्ययन प्रतिवेदन सार्वजनिक गर्दा पारदर्शिताको उच्च मापदण्ड अपनाइयोस् ।
छानबिनको सम्पूर्ण प्रक्रिया पारदशी, तथ्यमा आधारित र समयसीमाभित्र सम्पन्न गरियोस्। भिजिट भिसाका नाममा मानव तस्करभा संलग्न दोषी उपर कानुन बमोजिम हदैसम्मको कारवाही, पीडितहरूलाई संरक्षण, राहत तथा क्षतिपूर्तिको समेत सुनिश्चितता गरियोस् ।
५. मानव तस्करी जस्तो गम्भीर विषयमा राजनीतिक-प्रशासनिक जवाफदेहिता र कर्तव्यबोध अपेक्षासहित गृहमन्त्री ज्यूको राजीनामा समेत माग गर्दछौं।



