जुम्ला । ताताेपानी गाउँपालिका वडा नं २ काे सार्वजनिक सुनुवाई तथा सुझाव संकलन कार्यक्रम सम्पन्न भएकाे छ । आर्थिक वर्ष २०८१/८२ काे सार्वजनिक सुनुवाइ तथा आगामी आवकाे सुझाव सुंकलन कार्यक्रम सम्पन्न भएकाे हाे ।
जिल्लाका ६० वटा वडामध्य ताताेपानी-२ ले सुशासन पारदर्शशिता र नागरिककाे सूचना पाउने हक अधिकारलाई प्रत्याभुति दिलाउने गरि सार्वजनिक सुनुवाई गरेर एक गतिलाे उदाहरण पेश गरेकाे छ । यस्ता कार्यक्रमकाे निरन्तरता दिन आबश्यक छ ।
शनिवार वडा कार्यालयकाे आयाेजना तथा गिडिदह मिडिया प्रा.लीकाे सहजीकरणमा गरिएकाे सार्वजनिक सुनुवाई कार्यक्रममा वडा सचिव मीन बहादुर डाँगीले वार्षिक गतिविधिकाे प्रगति प्रतिवेदन प्रस्तुत गरे । पालिकाबाट वडामा आएकाे ५० लाख बजेटबाट निर्माण भएका विभिन्न याेजनाकाे भाैतिक तथा पुजिगत प्रगतिबारे उल्लेख गरे ।
खुलाशत्रमा सहभागीहरुले वडाले विगतकाे तुलनामा जनमैत्री काम गर्ने प्रयास गरिरहेकाे र अझै प्रभावकारी काम गर्न सुझाव दिए । माग भन्दा पनि आबश्यकतामा आधारित याेजना निर्माणमा जाेड दिन समेत सहभागीकाे आग्रह छ ।
त्यस्तै आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विशेषगरी आबश्यकतालाई मध्यनजर गरि कृषि,शिक्षा,पर्यटन र स्वास्थ्यका सवाललाई प्रथामिकता दिएर बजेट ल्याउन सुझाव दिएका छन् । वडाका सबै बस्तिमा सचेतना मुलक संचालन गरि वडाकाे विकासमा प्रेरित गराउनु पर्नेमा समेत जाेड दिएका छन् ।
खुला सत्रमा उठेका प्रश्न तथा जिज्ञासाकाे संबाेधन गर्दै ताताेपानी गाउँपालिका वडा नं २ का अध्यक्ष चन्द्रमान बुढाले सिमित स्राेत साधनका बीच नागरिकका सबै खाले आबश्यता पुर्ति गर्नु फलामकाे चिउरा चपाउनु जस्तै मुस्किल रहेकाे बताए । उनले भने,’नागरिकबाट निकै राम्रा सुझाव आएका छन् ।सबै कुराकाे यसै वर्ष संबाेधन नभएपनि अर्काे वर्ष अनिवार्य रुपमा संबाेधन गर्ने छाै । सकरात्मक सहयाेग र रचनात्मक सुझाव दिन जरुरी छ ।’
वडाध्यक्ष बुढा आफ्नाे बुद्वि,विवेेक क्षामतानुसार वडा पालिकालाई नमुना बनाउन प्रयास गरेपनि गाउँकै बृद्वि जीवि अघि पछि कुरा काट्ने व्यक्तिबाटै सहयाेग नपाएकाे वडाध्यक्ष बुढाकाे गुनासाे छ । रचनात्मक सल्लाह सुझाव कहिले नदिने तर चिया चाैतारामा कुरा काट्ने प्रवृत्ति भएकाहरुले सधै सहयाेग गरेकाे उल्लेख गरे ।
कार्यक्रममा गाउँपालिकाका प्रशासन अधिकृत अंगराज डाँगीले अघिपछि आर्दशका कुरा गर्नेहरु सार्वजनिक सुनुवाईनआएर वडालाई असहयाेग गरेकाे बताए ।उनले भने,’अघिपछि वडाकाे विकास र समृद्वीकाे गफ चुट्नेहरु धेरै देखेकाे छु । कुरा काट्ने पनि उतिकै छन् । तर सूचना गर्दा पनि सुझाव सल्लाह दिन आउन कन्जुसाई गर्नेहरुबाट समाज रुपान्तरणकाे आशा गर्न सम्भव छैन् ।’
पालिकाका ८ वटा वडामध्य ताताेपानी-२ ले नागरिककाे सूचनाकाे हककाे प्रत्याभुति दिलाउन सुशासन पारदर्शिता कायम गर्न गरेकाे काम प्रति खुसी व्यक्त गरे ।
कार्यक्रममा जर्मि्मि,बाबिरा,सुन्दरगाउँ र डाँगीबाडाका स्थानीय नागरिक उपभाेक्ताका पदाधिकारी लगायतकाे सहभागिता थियाे । भने सहभागी सबैलाई कार्यक्रममा कार्यपालिका सदस्य सन्तादेवि बुढाले स्वागत मन्तव्य मार्फत स्वागत गरेकी थिईन् ।



