कनकासुन्दरीले ल्यायो ५० करोडको बजेटः कृषि,शिक्षा र पूर्वाधारमा प्रथामकिता

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले वार्षिक नीति कार्यक्रम र बजेट ल्याएको छ । सोमबार सम्पन्न गाउँसभाको १५ औं अधिवेशनले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि वार्षिक नीति तथा बजेट ल्याएको हो ।

स्थानीय तहले असार १० गते भित्र अनिवार्य नीति र बजेट ल्याउने प्रावधाननुसार कनकासुन्दरीले जिल्लाका आठ पालिका मध्य पहिलो पालिकाका रुपमा असार ९ गतेनै नीति र बजेट ल्याएको हो ।

बजेट तर्जुका समितिका संयोजक तथा उपाध्यक्ष प्रेमकली बुढाले आगामी आवका लागि झण्डै ५० करोड बराबरको बजेट प्रस्तुत गरिएको बताईन् । उनका अनुसार संघ प्रदेश बाट प्राप्त अनुदानका आधारमा डल्लो  बजेट प्रस्तुत भएको र शाखागत रुपमा बाडँफाँड हुन बाँकी रहेको छ । बजेट माथि छलफल गरेर प्रथामकिताका क्षेत्रमा बजेट विनियोजन गरिने छ ।

गाउँपालिकाका अध्यक दामोदर आर्चायले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । कनकासुन्दरीका नारिकका माग र आबश्यकतालाई मध्यनजर गरि गाउँबस्तिबाट छनोट भई आएका योजनालाई नीतिमा जोड दिईएको उनको भनाई छल। विशेष गरि कृषि,शिक्षा,स्वास्थ्य तथा सरसफाई,पूर्वाधार विकारमा विशेष प्रथामिकता दिईएको उल्लेख गरे ।

कनकासुन्दरीका सम्भावनाहरुलाई अबसरमा रुपान्तरण गर्ने,रोजगारी सृजना गर्ने,आबश्यकतामा आधारित विकासलाई जोड दिने, उत्पादन बढाएर आत्मनिर्भर बन्ने जस्ता नीतिलाई जोड दिइएको छ ।

नागरिकलाई घरदैलोमा स्थानीय सरकारको अनुभूति हुने गरी सेवा प्रवाह  तथा विकासका गतिविधिलाई अघि बढाईने छ । कूल १० करोड बजेट मध्य कनकासुन्दरीमा संघिय सरकारबाट वित्तीय समानीकरण अनुदान तर्फ  १० करोड १ लाख,सशर्त पूँजीगत अनुदान २ करोड ७० लाख,सशर्त चालु अनुदान १६ करोड ३० लाख र विशेष अनुदान  १ करोड ७८ लाख प्राप्त भएको छ ।

त्यस्तै राजस्व बाँडफाँड तर्फ ९ करोड १९ लाख ८४ हजार रुपैयाँ आएको छ । भने प्रदेश सरकारबाट प्राप्त अनुदान मध्य वत्तीय समानीकरण अनुदान  १ करोड २५ लाख ४९ हजार,सशर्त अनुदान २ करोड ३२ लाख ६९ हजार,राजस्व बाँडफाँड ७ लाख बजेट आएको छ ।

आन्तरिक राजस्व संकलन ३२ लाख संकलन हुने अनुमान गरिएको छ । भने, आन्तरिक स्रोतबाट ४ करोड ६५ लाख रहेको छ । भने गैरसरकारी संस्था आईएनएफले  १७ लाख ८६ हजार र क्याड नेपाल,जुम्लाले ९२ लाख ८५ हजार कनकासुन्दरीमा बजेट पेश गरेको छ ।

आन्तरिक आम्दानीमा कमजोर स्थानीय सरकार संघ र प्रदेशकै अनुदानको भरमा बजेट ल्याउने गरेका छन् । आन्तरिक आम्दानी बृद्धिका स्रोत प्रचुर भएपनि ठोस नीति र लगानी अभावले अपेक्षाकृत राजश्व संकलन हुन सकेको छैन् ।

जुम्लाका आठ पालिका मध्य कनकासून्दरीले असार ९ (आज) नीति र बजेट ल्याएपनि अन्य सात पालिकाले मंगलबार एकै साथ नीति र बजेट ल्याउने तयारीमा छन् ।

प्रकाशित मिति : २०८२ असार १० गते सोमवार
प्रतिक्रिया दिनुहोस