जुम्ला । जुम्ला सदरमुकामकाे बीच बजारमा कलात्मक गणेश मन्दिर निर्माण हुने भएकाे छ । जुम्लाकाे एक मात्र चन्दननाथ नगरपालिकाले मुख्य बजारमा कलात्मक गणेश मन्दिर निर्माण गर्ने भएकाे हाे ।
मन्दिर निर्माणका लागि विहिबार विहान नगर प्रमुख राजुसिंह कठायतले शिलान्यास गरेका छन् । २० लाख लगानीमा निर्माण हुने कलात्मक गणेश मन्दिर निर्माणकाे शिलान्यासमा नगर उपप्रमुख रामदेवी खड्का,प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर बुढ्थापा लगायतकाे सहभागिता थियाे ।
ललितपुर महानगर पालिकाकाकाे २० लाख सहयाेगमा जुम्ला बजारमा गणेश मन्दिर निर्माण हुन लागेकाे चन्दननाथ नगरपालिकाका ईन्जिनियर लाेकेन्द्र महतले बताए ।
उनका अनुसार चन्दननाथ नगरपालिकाका र ललितपुर महानगर पालिकाका बीच भगिनि सम्बन्ध कायम रहेकाले ललितपुर महानगर पालिकाले आफ्नै क्षेत्रमा रहेकाे जस्तै कलात्मक मन्दिर जुम्लामा निर्माण गर्न सहयाेग प्रदान गरेकाे हाे ।

प्रसिद्व चन्दननाथ भैरबनाथ मन्दिरले प्रख्यात जुम्लामा धार्मिक पर्यटन प्रर्बद्वनमा गणेश मन्दिर निर्माणले थप टेवा पुराउने विश्वास गरिएकाे छ ।
पछिल्लाे समय चन्दननाथ नगरपालिकाले पर्यटन प्रर्बद्वनका लागि पूर्वाधार निर्माणमा जाेड दिएकाे छ । स्याउ उत्पादनकाे जिल्ला भनेर चिनिने जुम्लामा स्याउ चाेक निर्माण समेत अन्तिम चरणमा पुगेकाे छ ।
भने आबश्यकतानुसार पर्यटन पूर्वाधार निर्माणका कामलाई अघि बढाईने चन्दननाथकाे तयारी छ ।



