जुम्ला – एसईइ परीक्षा २०८१ मा जुम्लाका ७५ दशमलव ८६ प्रतिशत विद्यार्थी उत्तीण भएका छन् । यहाँका एक नगरपालिकासहित ८ स्थानीय तहका ५३ माध्यामिकका कुल दुई हजार ५१० जना विद्यार्थीले एसईइ परीक्षा दिएका थिए । जस मध्ये एक हजार ९०४ जना विद्यार्थी उत्तीर्ण भएका छन् भने ६०६ जना विद्यार्थी अनुत्तीर्ण भएका छन् ।
जुम्लाका ५३ माध्यामिक विद्यालय मध्ये सवै भन्दा धेरै जनता माध्यामिक विद्यालय महत गाउँका २३८ जना विद्यार्थीले एसईइ दिएका हुन् । यस मध्ये २१२ जना अर्थात ८९.०८ प्रशित विद्यार्थी उत्तीर्ण भएका छन् । २६ जना विद्यार्थी अनुत्तीर्ण भएका हुन् । शिक्षा विकास तथा समन्वय इकाई जुम्लाले सार्वजनिक गरेका तथ्यांक अनुसार त्यसपछि (दोस्रो) सवै भन्दा बढी चन्दननाथ माध्यामिक विद्यालयका २१२ जना विद्यार्थीले एसईइ परीक्षा दिएका थिए । यस मध्ये १८३ जना अर्थात ८६.३२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । २९ जना विद्यार्थी अनुत्तीर्ण भएका छन् ।
सवै भन्दा कम तिला गाउँपालिकास्थित जनजाागृती मावि बारागाउँका ९ जना विद्यार्थी एसईइ परीक्षामा सहभागी भएका थिए । यस मध्ये ५ जना अर्थात ५५.५६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । ४ जना विद्यार्थी अनुत्तीर्ण भएका छन् ।
शम्भुनाथ ज्ञानकुञ्ज माध्यामिक विद्यालय श्रीढुस्का ११ जना विद्यार्थी एसईइ परीक्षामा सहभागी भएका थिए । जस मध्ये ७ जना अर्थात ६३.६४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने ४ जना विद्यार्थी अनुत्तीर्ण भएका छन् । मावि चुलेल गाउँका २१ जना विद्यार्थी एसईइ परीक्षामा सहभागी भएका थिए । १८ जना अर्थात ८५.७१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने ३ जना विद्यार्थी अनुत्तीर्ण भएका छन् । गणेश मावि राँकाबाट १९ जना विद्यार्थी परीक्षामा भाग लिएका थिए । १३ जना उत्तीर्ण, ६ जना विद्यार्थी अनुत्तीर्ण भएका छन् । देविमहादेव मावि रुखेडाचौरका ४२ जना विद्यार्थी एसईइ परीक्षामा सहभागी भएका थिए । यस मध्ये २२ जना उत्तीर्ण र २० जना विद्यार्थी अनुत्तीर्ण भएका छन् ।
देउराली मावि जुम्लाकोटका ४१ विद्यार्थी मध्ये १० जना उत्तीर्ण भएका छन् । ३१ जना विद्यार्थी अनुत्तीर्ण भएका छन् । यस्तै कालिका मावि ढिमकोटका २८ जना विद्यार्थी मध्ये ५ जना मात्रै एसईइ परीक्षामा उत्तीण भएका छन् ।
शंकर मावि लोर्पाका ३६ जना मध्ये ३४ जना विद्यार्थी एसईइ परीक्षामा उत्तीर्ण भएका छन् । २ जना अनुत्तीर्ण भएका छन् । ज्योती मावि राँसामालापानीका ३० जना मध्ये २१ जना विद्यार्थी एसईइ परीक्षामा उत्तीर्ण भएका छन् । ९ जना अनुत्तीर्ण भएका छन् । दुर्गा मावि मधुका ४६ जना मध्ये ३० जना विद्यार्थी उत्तीर्ण भएका छन् । १६ जना अनुत्तीर्ण भएका छन् । मावि बुढुचौताराका १५ जना मध्ये १० जना विद्यार्थी एसईइ परीक्षामा उत्तीर्ण भएका छन् । ५ जना अनुत्तीर्ण भएका छन् । सरस्वती मावि तल्फीका २० जना मध्ये १६ जना उत्तीर्ण भएका छन् । ४ जना विद्यार्थी एसईइ परीक्षामा अनुत्तीर्ण भएका छन् । मालिका मावि लोडचौरका ४९ जना मध्ये ३७ जना विद्यार्थी एसईइ परीक्षामा उत्तीर्ण भएका छन् । १२ जना अनुत्तीर्ण भएका छन् । अन्नपूर्ण मावि मष्टमाडुका ४७ जना मध्ये ४१ जना उत्तीर्ण र ६ जना अनुत्तीर्ण भएका छन् ।
नेत्रज्योती मावि ओदीका ४३ जना मध्ये ३१ जना विद्यार्थी एसईइ परीक्षामा उत्तीर्ण भएका छन् । १२ जना अनुत्तीर्ण भएका छन् । मावि जोडुका २७ जना मध्ये १५ जना उत्तीर्ण र १२ जना विद्यार्थी एसईइ परीक्षामा अनुत्तीर्ण भएका छन् । मालिका मावि खिच्चनेका ४६ जना मध्ये ४४ जना उत्तीर्ण र २ जना विद्यार्थी एसईइ परीक्षामा अनुत्तीर्ण भएका छन् । महादेव मावि गोठीपिगीका ४५ मध्ये ४३ जना विद्यार्थी एसईइ परीक्षामा उत्तीर्ण भएका छन् । शंकर मावि गज्यांकोटका २० जना मध्ये १७ जना उत्तीर्ण भएका छन् ।
सेतीवाडा मावि नुवाकोटका २६ जना मध्ये १० जना मात्रै उत्तीर्ण भएका छन् । कालिका मावि टोप्लाका ६२ जना मध्ये ५२ जना विद्यार्थी एसईइ परीक्षामा उत्तीर्ण भएका छन् । गंगा मावि पेरेका ४१ जना मध्ये ३९ जना विद्यार्थी उत्तीर्ण भएका छन् । सरस्वती मावि रिनीका ७१ जना मध्ये ४९ जना विद्यार्थी एसईइ परीक्षामा उत्तीर्ण भएका छन् । खड्कदेवि मावि मणिसाँघुका २८ जना मध्ये २६ जना विद्यार्थी उत्तीर्ण भएका छन् । जनजागृती मावि घोडेपोखरीका ३३ जना मध्ये १३ जना मात्रै विद्यार्थी एसईइ परीक्षामा उत्तीर्ण भएका छन् । महादेव मावि बुम्रमाडिचौरका २२ जना मध्ये २० जना विद्यार्थी उत्तीर्ण भएका छन् ।
चन्दननाथ मावि खुलामा ४८ जना मध्ये २१ जना मात्रै एसईइ परीक्षामा उत्तीर्ण भएका छन् । राष्ट्यि मावि मालिकाबोताका २५ जना मध्ये १९ जना विद्यार्थी उत्ती्र्ण भएका छन् । सत्यवादी मावि दशौदीका ४२ जना मध्ये ३८ जना विद्यार्थी उत्तीर्ण भएका छन् । कालिका मावि बड्कीका ४५ जना मध्ये ३८ जना विद्यार्थी उत्तीर्ण भएका छन् । भानु मावि पाथरखोलाका २८ जना मध्ये २७ जना विद्यार्थी एसईइ परीक्षामा उत्तीर्ण भएका छन् । भैरव मावि धुपिढुस्का ४३ जना मध्ये ३७ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।
पाण्डवगुफा मावि कोटघरका ४६ जना मध्ये ३२ जना विद्यार्थी एसईइ परीक्षामा उत्तीर्ण भएका छन् । सिता मावि रारालिहिका ७३ जना मध्ये ३१ जना विद्यार्थी उत्तीर्ण भएका छन् । राहदेव मावि मोफ्लाका ६५ जना विद्यार्थी मध्ये ६२ जना विद्यार्थी उत्तीर्ण भएका छन् । मालिका मावि धाँपाका ३८ जना मध्ये १ जना मात्रै विद्यार्थी एसईइ परीक्षामा अनुत्तीर्ण भएका छन भने ३७ जना उत्तीर्ण भएका छन् । जनजागृती मावि ताम्तीका ३० जना मध्ये २० जना विद्यार्थी उत्तीर्ण भएका छन् । कोइलीचरी मावि लुमका २४ जना मध्ये २२ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।
नेत्रज्योती मावि हाँकुका ४५ जना मध्ये ४० जना विद्यार्थी एसईइ परीक्षामा उत्तीर्ण भएका छन् । कैलाश मावि फुग्रका ५९ जना मध्ये २९ जना विद्यार्थी उत्तीर्ण भएका छन् । कर्णाली मावि अनामनगरका ६७ जना मध्ये ५८ जना विद्यार्थी एसईइ परीक्षामा उत्तीर्ण भएका छन् । त्रिभुवन मावि झारज्वालाका २० जना मध्ये १८ जना विद्यार्थी उत्तीर्ण भएका छन् । कालिका मावि तलिकुडुका ५१ जना मध्ये ५१ जना मध्ये ४५ जना विद्यार्थी उत्तीर्ण भएका छन् । दुर्गा मावि लाम्राका ४१ जना २९ जना विद्यार्थी उत्तीर्ण भएका छन् । हिमशिखर मावि तातोपानीका ५६ जना मध्ये ४२ जना विद्यार्थी उत्तीर्ण भएका छन् । रत्नचुडेश्वर मावि बोहोरागाउँका ३४ जना मध्ये २५ जना विद्यार्थी एसईइ परीक्षामा उत्तीर्ण भएका छन् । ऋणमोक्ष मावि डिल्लीचौरका ८९ जना मध्ये ६२ जना विद्यार्थी उत्तीर्ण भएका छन् । सरस्वती मावि कुडारीका ६४ जना मध्ये ३३ जना विद्यार्थी उत्तीर्ण, भैरव मावि नराकोटका ४३ जना मध्ये ४१ जना विद्यार्थी उत्तीर्ण र कनकासुन्दरी मावि लुड्कुका ९४ जना मध्ये ६३ जना विद्यार्थी एसईइ परीक्षाामा उत्तीर्ण भएका छन् ।
शतप्रतिशत विद्यार्थी उत्तीर्ण
जनज्योती माध्यामिक विद्यालय बारकोटेवाडाका एसईइ परीक्षामा १२ जना विद्यार्थी सहभागी भएका थिए । यो विद्यालयका शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।





