ताताेपानी-१ काे सार्वजनिक सुनुवाई सम्पन्न

जुम्ला । ताताेपानी गाउँपालिका वडा नं १ काे सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएकाे छ । उक्त वडाकाे चालू आर्थिक वर्ष २०८१/८२ काे सार्वजनिक सुनुवाई शनिवार सम्पन्न भएकाे छ ।

पालिकाले थालेकाे सुशासन र पार्दशिताकाे अभियानलाई जाेड दिदै वडाले सार्वजनिक सुनुवाई गरेकाे छ ।
सुनुवाई कार्यक्रममा वडा सचिव तेज बहादुर रावतले वार्षिक भाैतिक तथा वित्तिय प्रगति प्रस्तुत गरे ।

उनका अनुसार पालिकाबाट विनियाेजित ६० लाख बजेटमा १८ वटा कार्यक्रम तथा याेजना संचालन भई सम्पन्न भएका छन् । भने प्रधानमन्त्री राेजगार कार्यक्रममा १,मुख्यमन्त्री राेजगार कार्यक्रममा ३ वटा याेजना समेत निर्माण भई सम्पन्न भएका छन् ।

सार्वजनिक सुनुवाई कार्यक्रममा संघियता कार्यान्वयनकाे ८ वर्ष वितेपनि बाईराँका गाउँकाे खानेपानी समस्या जस्ताकाे त्यस्तै रहेकाे गुनासाे पाेखेका छन् ।

भने अधिकांश स्थानीयले वडाबासीनै निष्क्रिय रहेकाले अपेक्षाकृत काम हुन नसकेकाे बताएका छन् । यूवा,जेष्ठनागरिक लक्षित कार्यक्रम बढाउन र टुक्रे याेजनामा धेरै लगानी नर्गन समेत सुझाव दिएका छन् ।

ताताेपानी गाउँपालिका वडा नं १ का अध्यक्ष कर्ण बहादुर कठायतले विकासमा हुने राजनीतिले समाज रुपान्तरण सम्भव नरहेकाे बताए । उनले भने,’हाम्राे वडामा खानेपानीकाे समस्या छ । युुवाका मुद्दा समेटिएन भनेर गुनासाे आयाे । सुझाव दिन कहिले नआउने,चिया चाैतारमा कुरा काट्ने परिपाटि बढि छ । वडाकाे विकासमा चरम राजनीति छ । कसरी काम गर्न सकिन्छ ।आपसी एकता र समन्वय सहकार्य नहुँदा वडाकाे विकास पछि परेकाे छ ।’

ताताेपानी गाउँपालिका प्रशासन प्रमुख अंगराज डाँगीले वडालाई समृद्व बनाउन सबै सहयाेग समन्वय तथा सहकार्य हुनु पर्ने बताए । उनले भने,’विगतमा राँका बाईराँका सामुहिक एकताका हिसाबले नमुना थियाे । तर अहिले आपसी खिचातानी,सहयाेग समन्वय अभाव देखियाे । अब सबै एक हुनुहाेस् । वडालाई समृद्व बनाउनुहाेस् ।’

गिडिदह मिडिया प्रा.लीकाे सहजीकरणमा सम्पन्न ताताेपानी-१ काे सार्वजनिक सुनुवाईमा वडाका यूवा,जेष्ठ नागरिक,बालबालिका,दलित,पत्रकार लगायतकाे सहभागिता थियाे ।

प्रकाशित मिति : २०८२ असार १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस