फाईल तस्बिर
जुम्ला । अविरल वर्षापछि अबरुद्ध कर्णाली राजमार्ग पूर्ण रुपमा संचालनमा आएको छ । जुम्ला–सुर्खेत जोड्ने २३२ किमी दुरीको कर्णाली राजमार्ग अन्तरर्गत कालिकोट खण्डको गगने खोला र जितेगाडमा पहिरो गएर सडक अबरुद्ध भएको थियो ।
सडक अबरुद्ध भएलगत्तै सडक डिभिजन जुम्लाले हेभी मेसिन सहति जनशक्ति परिचालन गरे पहिरो पन्छाएर सडक खुलाएको हो । अविरल वर्षापछि ठाउँमा ढुंगा सहितको पहिरो खसेपछि सडक अबरुद्ध हुँदा यात्रुलाई सास्ती भएको थियो ।
सडक डिभिजन जुम्लाका प्रमुख दिपेन्द्र चौधरीले विहान ६ बजे गगने खोला र साढे ८ बजे जितेगाडमा भएको अबरुद्ध खुलेसंगै सडक संचालनमा आएको बताए । उनका अनुसार राजमार्गको कालिकोट–जुम्ला खण्डमा पूर्ण रुपमा सडक संचालन भएको छ ।
वर्षात जारी रहेकाले कुनै पनि बेला सडक अबरुद्ध हुन सक्ने जोखिम रहेको हुँदा सडकको अबस्था बुझेर मात्रै यात्रा गर्न समेत सडक डिभिजन जुम्लाले अनुरोध गरेको छ ।
यो बर्सातको समयमा यात्रा गर्दा सावधानी अपनाएर मात्र हिँड्न तथा रात्रीको समयमा यात्रा नगर्नुहुन आग्रह गरिएको छ । अबरुद्ध खुलेसंगै विहानै देखी रोकिएका सवारी साधन गन्तव्य तर्फ लागेका छन् ।



